काठमाडौका रमेश भट्ट आइसिसि सदस्यमा पहिलो स्थानमा अत्यधिक मतले बिजयी

इनेप्लिज २०७६ भदौ १५ गते १४:०७ मा प्रकाशित

दोहा- एन आर एन ए एनसिसि कतारको आठौं अधिवेशनबाट जन्मजिल्ला बागलुङ स्थायी बसोबास काठमाडौका रमेश भट्ट आइसिसि सदस्यमा पहिलो स्थानमा अत्यधिक मतले बिजयी भएका छन् । सन् २०१९–२०२१ कार्यकालको लागि अगस्ट २३ तारिक शुक्रबार कतारमा सम्पन्न मतदान बाट पहिलो स्थान सहित भारी मतका साथ भट्ट बिजयी भएका हुन ।बिगत सन १९९६ साल देखि कतारमा रहेर सामाजिक सेवामा सक्रियभट्टले मध्यपुर्व क्षेत्रमा रहेका आम नेपालीको साझा मुद्दा सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी रहेकोले त्यसलाई स्थापित गर्न आइसिसी मार्फत आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । साथै भट्टले सामाजिक संघसंगठनमा निरन्तर साथ सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गरेका छन् । सामाजिक संघसंस्थाको नेतृत्व गर्दै गर्दा निरन्तर मजदुरको हकहितको पक्षमा आवाज उठाउदै सामाजिक अभियानमा लागि रहेको बताए ।

सामाजिक कार्यमा संस्थागत रुपमा प्रगतिशील यातायात मजदुर संगठनको संस्थापक अध्यक्ष ,नेपाली जनप्रगतिशिल मञ्च कतारको अध्यक्ष र बाग्लुङ सेवा समाजको अध्यक्ष हुदै, नेपाली ब्यबसायी संघको सहसचिव , तीन नम्बर प्रदेश समन्वय परिषद कतारको सस्थापक सल्लाहकार रहेका छन ।गैरआवासीय नेपाली संघमा भने रोजगारीको सिलसिलामा कतारमा रहदा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गर्ने अवसरलाई क्षमता, संस्थागत र पद्धतिसंगत ढंङ्गले काम गर्ने प्रयास गर्दै ।एन आर एन ए आईसिसि tourism promotion Nepal उपसमितिको सदस्य र विभिन्न सामाजिक संघ सस्थामा रहेर काम गरेका छन् ।

उनको मध्यपुर्व क्षेत्रमा मुख्य गरी सुरक्षित आप्रवासन र मर्यादित वैदेशिक रोजगार , एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको छ । त्यसबाहेक एनसीसीका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पार्नको लागि आवाश्यक भूमिका निर्वाह गर्ने, एनसीसीका मुद्धाहरुलाई आइसीसी र सम्बन्धित निकाय सम्म पुर्याएर आवाज उठाउने, समाधानका लागि पहल गर्ने एन आर एन एको अभियानले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा यस अभियानलाई थप सशक्त बनाउदै लैजाने प्रतिबद्धता रहेको बताए ।

प्रतिक्रिया