नेपाली महिला समाज कतारले रमाईलो तिज कार्यक्रम गर्दै

भोला थापा क्षेत्री २०७६ भदौ १५ गते १२:३८ मा प्रकाशित

भोला थापा क्षेत्री, दोहा –नेपाली महिला समाज कतारले आगामी ६ सेप्टेम्बरका दिन रमाईलो तिज तथा जनचेतना मुलक अन्तरक्रिय कार्यक्रम गर्ने भएको छ ।

“नेपाली महिला समाजको चाहना एकता र सहयोगको विशुद्ध सामाजिक भावना” बोलको मुल नारा साथ विगत ८ वर्ष देखी खाडी मुलुक कतारमा सकृय रहदै आएको महिला समाज कतारले आगामी ६ सेप्टेम्बरका दिन दोहा स्थीत नेपाली राजुताबासको सभाहलमा तिज कार्यक्रम गर्ने भएको हो ।

नेपाली महिलाहरुको महान पर्व हरितालीका तिजको अवसर पारेर कतारमा रहेका महिलाहरुलाई ऐक्यबद्धताका साथ रमाईलो तिज तथा जनचेतना मुलक अन्तरक्रिय कार्यक्रम गर्न लागेको समाजकी महासचिव अम्बीका खत्रीले बताएकी छिन ।

विगतका दिनमा पनि कतारमा कार्यरत पिडित महिलाहरुको सहयोगमा जुट्दै विभिन्न कार्यक्रमहरुमा अगाडी बढ्दै आईरहेको महिला समाज कतारले अहिले भने फरक ढङ्गाले कार्यक्रम गर्ने भएको छ ।

“हामीले अहिले फरक ढङगले कार्यक्रम गर्न गईरहेका छौ, उक्त कार्यक्रममा नितान्त महिलाहरुले मात्र उपस्थिती हुन पाउने छन भन्दै खत्रीले कतारमा बढ्दै गएको कर्नेश काण्डदेखी विभिन्न नकारात्मक कार्यहरुलाई कसरी निराकरण गर्न सकिन्छ त आगामी दिनहरुमा भन्ने कुरामा जोड रहेको बताउदै उक्त दिन एक छोटो अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको उनले बताईन ।

प्रवासमा रहेर दैनिकी कार्यहरुमा ब्यस्त महिला दिदी बैनीहरु सगँ भेटघाट तथा आफ्नो परम्परलाई मर्न दिन हुन्न भन्ने हेतुका साथ महिला समाज कतारले विगतका दिनमा जस्तै अहिले पनि तिज कार्यक्रमको आयोजना गरेको समाजकि कार्यवाहक अध्यक्ष अमिना खानले बताएकी छिन ।

खानले एनआरएनए एनसिसि कतार महिला बिभाग साथै अन्य कतारमा स्थापित बिभिन्न सामाजिक संघसस्थाका महिला विभागहरुले पनि उक्त कार्यक्रममा सह–आयोजकको भुमीका निर्वाह गर्ने बताईन ।

प्रतिक्रिया