रानाभाट समाज कतारद्वारा मृगौला पीडित युवराजलाई आर्थिक सहयोग ।

इनेप्लिज २०७६ भदौ १५ गते ६:३४ मा प्रकाशित

दिल बहादुर रानाभाट, कतार ।

रानाभाट/भाट समाज कतारद्वारा कास्की स्थायी घर भएका युवराज रानाभाट लाई आर्थिक सहयोग गरेको छ । “रानाभाट/भाटका लागि रानाभाट/भाट” भन्ने मुल नाराका साथ १२ अगष्ट २०१९ का दिन कतारको अलखोर स्थित एक गार्डनमा बनभोज कार्यक्रम संगै १९ सदस्य रहने गरि सन्जिब रानाभाटको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।

रानाभाट/भाट बन्धुहरु बिच सामाजिक सद्भाव,एकेवद्धता र भाईचाराको सम्बन्ध अटुट राख्ने तथा गैर दाजुभाइ एवम् दिदिबहिनीहरुलाई समेत कुनैपनि भैपरी आउने समस्याहरुलाई मलम पट्टी लगाउने उद्देश्यले स्थापना गरेको छ । यस संस्थाले मादी गाउँपालिका ३ कास्की स्थायी घर भइ हाल पोखरा २६ बुढिबजारमा बस्दै आएका युवराज रानाभाटको दुबै मृगौला फेल भइ आर्थिक अभावका कारण उपचार बाट बन्चित रहेका युवराज रानाभाटलाई सहयोगार्थ ,रानाभाट/भाट समाज कतारका सल्लाहकार सुरज रानाभाटको संयोजकत्वमा आर्थिक रकम उठाएको थियो ।

सो रकम संस्थाका अध्यक्ष सन्जिब रानाभाटले रानाभाट/भाट समाज नेपाल कास्कीमा पठाई आज सनिवार एक कार्यक्रम बीच पीडित युवराज रानाभाटलाई रु १७७३७७/-पश्चिमाञ्चल क्षेत्रीय तथा कास्की केन्द्रिय समितीको रोहवरमा बुझाएको छ । कार्यक्रम रानाभाट/भाट समाज पश्चिमाञ्चलका क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि ठाकुर प्रसाद रानाभाटले कतारले स्थापनाकाल देखिनै यस्ता काम गरेकोमा यो पाठ अरुले पनि सिक्नुपर्ने बताउदै पीडित युवराज रानाभाटलाई सु स्वास्थ्यको कामना गरेका थिए ।

यसैगरी बिशेष अतिथिम पुर्व केन्द्रीय सदस्य राजेन्द्र कुमार रानाभाट, जग्गादाता ओम बहादुर बन्जारा भाट अतिथि काहुखोला इकाई सभापति एकादेव रानाभाट, कास्की जिल्ला अध्यक्ष रमेश रानाभाट लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमका अध्यक्ष चन्द्र बहादुर रानाभाटले कतारमा होइन अब यो संजाल सबै देशमा स्थापना गर्नुपर्ने भन्दै कतारले स्थापनाकालमै यो सराहनीय काम गरेकोमा धन्यवाद दिदै अब बिदेशका संस्थालाई पनि केन्द्रले संस्थागत गर्नुपर्ने माग गर्न भुमिका खेल्ने जनाएका छन ।

कार्यक्रम संचालक तारानाथ रानाभाटले कतारबाट संस्थाका अध्यक्ष सन्जिब रानाभाटले पठाएको सन्देश समेत सुनाएका थिए । जस्ताको त्यस्तै : “रानाभाट/भाटका लागि रानाभाट/भाट” भन्ने मुल नाराका साथ नवगठित रानाभाट/भाट समाज कतारले बैदेशिक रोजगारिको शिलशिलामा कतारमा रहेका रानाभाट/बन्धुहरु बिच भाईचारा एक्यवद्धता र सद्भाव कायम राख्ने हिसावले खोलिएको संस्थाले आफ्नो भाई, बन्धु तथा गैर रानाभाट परिवारहरुमा पनि भाईपरी आउने आर्थिक भौतिक सहयोगलाई एकेवद्धता जनाउने प्रतिबद्धता गरेका छ्न ।

यो आर्थिक संकलनका संयोजक सुरज रानाभाट, कार्यसमिति तथा सहयोगीमनहरुलाई कृतज्ञता व्यक्त गरेका छन ।

प्रतिक्रिया