काड्स अर्गनाइजेसन कतारको अध्यक्षमा बिशाल भण्डारी

इनेप्लिज २०७६ भदौ १४ गते १३:३७ मा प्रकाशित

इनेप्लिज कतार ।

काड्स अर्गनाइजेसन कतारको प्रथम अधिवेशनबाट बिशाल भण्डारी अध्यक्षमा चयान भएका छन । गत ३० अगष्ट शुक्रबारका दिन कतारको सनैया स्थीत लालिगुँराश रेष्टुरेन्टको सभाहलमा सम्पन संस्थाको प्रथम अधिवेशनबाट बिशाल भण्डारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसमा: संरक्षक मिकि माउस लिम्बु ,बरिष्ठ उपाध्यक्ष श्याम बहादुर लिम्बू ,प्रथम उपाध्यक्ष नानू घले ब्लोन, उपाध्यक्ष धर्मराज नेपाल, महा–सचिव बिमल घले,बरिस्ठ सचिव भुपाल खड्का , सचिव रमेश थापा, सह–सचिव अम्बर बहादुर राई ,कोषाध्यक्ष राम कुमार राई, सह–कोषाध्यक्ष प्रदिप राई ,युवा बिभाग प्रमुख तिर्थराज पोखरेल ,यातायात बिभाग प्रमुख तेज बहादुर बुढाथोकी, सञ्चार बिभाग प्रमुख लाल बहादुर हमाल, कला तथा साँस्कृतिक बिभाग संयोजक रोसन बि क, सदस्यहरु गणेश परियार, तारा प्रसाद जैसी ,अब्दुल खलिक शेक, माया राई, प्रमुख सल्लहाकार र बिदेश बिभाग प्रमुख मोहन बहादुर कार्की क्षेत्री ,सल्लाहकारहरु असारमान राई ,निम प्रसाद पौडेल निर्विरोध चयान भएका हुन ।

नव निर्वाचित कार्यसमितिलाई कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रा लि नेपालका कार्यसमिति सदस्य, काड्स अर्गनाइजेसन कतारका बिदेश बिभाग प्रमुख मोहन बहादुर कार्र्की क्षेत्रीले सपथ ग्रहण गराएका थिए ।

“काड्स अर्गानाइजेसनको अभियान ,कृषि पर्यटन उद्योगमा लगानी आर्थिक समृद्धि र पुर्णनिर्भरता“ भन्ने मुल नाराका साथ उर्जाशिल कार्य–योजना जिम्मेवार बिकास समाज (काड्स अर्गनाइजेसन) दोहा कतारका प्रथम अध्यक्ष विशाल भण्डारीको सभापतित्व रहेको थियो भने कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रालि नेपालका कार्यसमिति सदस्य एव्म काड्स अर्गनाइजेसन कतारका बिदेश बिभाग प्रमुख मोहन बहादुर कार्र्की क्षेत्रीको प्रमुख अतिथ्यो रहेको थियो ।

कार्यक्रम आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि क्षेत्रीले दोहा कतारमा रहेको “काड्स अर्गनाइजेसन“ र नेपालमा रहेको काड्स कर्पाेरेसन बारेमा जानकारी दिदै आगामी दिनमा हुने कार्ययोजना तथा नयाँ शेयर खुल्ला गर्ने बताउदै नवनिर्वाचित कार्यसमितीलाई बधाई ज्ञापन समेत गरेका थिए ।

कार्यक्रममा लिलि फङ घले समाज दोहा कतारका कुल बहादुर घले(आयुस),सोम बहादुर घल,प्रेम घले,राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका दृतिय उपाध्यक्ष इमान सिङ ठाकुरी,प्रदेश नम्बर ६ समन्वय परिषद कर्णाली सह–संयोजक नबराज शाही,नेपाल मगर सघ रेशम बहादुर आले मगर,निर्भाणिक यात्री एकता समाज दोहा कतारका राज दिमाल,राज राई,माया राई, तथा विभिन्न संघ संस्थाका प्रतिनिधी समाजसेवी, बुद्धिजिवि, ब्यबसायी तथा कलाकारहरुको बाक्लो उपस्थीती रहेको थियो ।

खुल्ला सत्र कार्यक्रम सदस्य बिमल घलेर बन्द सत्र कार्यक्रम सल्लाहकार असारमन राईले संचालन गरेको उक्त कार्यक्रममा रोसन बिकले स्वागत मन्तव्य राखेका भने निर्वाचन समितीमा मोहन बहादुर कार्की क्षेत्री ,असारमान राई र सदस्य निम प्रसाद पौडेल रहेका थिए ।

प्रतिक्रिया