मंगलबार, मंसिर २४ २०७६
काठमाडौं १३:५०
वासिङटन डिसी 03:05

सिमोना हलेप यूएस ओपनबाट बाहिरिइन्

इनेप्लिज २०७६ भदौ १३ गते ९:३६ मा प्रकाशित

लण्डन, १३ भदाै । विश्व वरीयतामा चौथो स्थानमा रहेकी सिमोना हलेप वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनबाट बाहिरिएकी छिन् ।

उनी एक सय १६ औं वरियताकी टेलर टाउनसेन्डसँग पराजित हुन पुगिन् ।

न्यूयोर्कमा भएको प्रतिस्पर्धामा घरेलु खेलाडी टाउनसेन्डले हलेपलाई २–६, ६–३ र ७–६ को सेटमा पाखा लगाइन् । उनी पहिलो पटक यूएस ओपनको तेस्रो चरणमा पुग्न सफल भए ।

२३ वर्षे टाउनसेन्डले २७ वर्षे हलेपलाई पाखा लगाउदा उत्कृष्ट खेल देखाइन् ।

पहिलो सेटमा हलेपले सहज रुपमा ६–२ को जित निकाल्न सफल भइन् । तर त्यसपछि खेलमा उत्कृष्ट कमब्याक गरेकी टाउनसेन्डले दोस्रो सेट ६–३ ले जित्न सफल भइन् ।

त्यसपछि तेस्रो तथा अन्तिम सेट निकै रोमाञ्चित बनेको थियो । जसमा टाउनसेन्टले टाइब्रेकरमा ७–६ ले जितिन र करियरमा पहिलो पटक यूएस ओपनको तेस्रो चरणमा स्थान बनाइन् ।

प्रतिक्रिया