आईडिआईको पहलमा जर्ज मेसन बिश्व बिद्यालय तथा काठमाडौँ बिश्व बिद्यालय बीच शैक्षिक सम्झौतामा हस्तक्षर

विजय थापा २०७६ भदौ ११ गते १०:४५ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था)को पहलमा अमेरिकाको जर्ज मेसन बिश्वबिद्यालय तथा काठमाडौँ बिश्व बिद्यालय बीच शैक्षिक सम्झौतामा हस्ताक्षर गरेका छन ।

गत अगस्त २६ का दिन काठमाडौँ बिश्व बिद्यालयमा एक कार्यक्रम दुई बिश्व बिद्यालय बीच शैक्षिक स्मृतिपत्रमा सम्झौता (मेमोर्यानडम अफ अन्डरस्टानडिंग )भएको हो ।

आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था)का कार्यकारी निर्देशक सुमन तिम्सिनाले यसलाई ऐतिहासिक दिनको संज्ञा दिएका छन् । तिम्सिनाले आईडिआई लाई विश्वास गर्ने भन्दै प्रा बिम श्रेष्ठ,म्याट साक्को ,प्रा पधु तथा जर्ज मेसन तथा काठमाडौँ बिश्व बिद्यालयका प्राध्यापकहरु तथा कुलसचिवलाई बिशेष धन्यवाद दिएका छन् ।

आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था) अमेरिका स्थित आफ्नो कार्यालयवाट क्षमता विकास, कार्यकारी शिक्षा, मानव संसाधन विकास, संस्थागत सुशासन र सबलीकरण लगायतका विषयबस्तुमा अन्तर्राष्ट्रिय स्तरका तालीम तथा सेमिनार संचालन गर्ने संस्था हो ।

आईडिआई (अन्तर्राष्ट्रिय विकास संस्था)का कार्यकारी निर्देशक  तिम्सिना हाल नेपालमा छन् ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया