गैरआवासीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य बिषयमा सामुहिक बैठक सम्पन्न

इनेप्लिज २०७६ भदौ ८ गते २१:२३ मा प्रकाशित


अगष्ट २४, २०१९ शनिबार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको मध्यपश्चिम क्षेत्रका उपाध्यक्ष बुद्दि सुवेदीको संयोजनमा गैरआवाशीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य सम्बन्धी आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

एनआरएनए एनसीसी अमेरिकाको Kansas State Chapter ले ब्याबस्थापन गरेको उक्त कार्यक्रममा च्याप्टर अध्यक्ष फिलिप केसीले कार्यक्रममा सबैलाई स्वागत गर्नुएको थियो।

Kansas City मा आयोजना गरिएको उक्त कार्यक्रममा गैरआवाशीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्य सम्बन्धी थुप्रै बिषयमा छलफल र बिमर्श भयो। क्षेत्रीय उपाध्यक्ष बुद्धि सुबेदीको सभापतित्वमा संचालित कार्यक्रमको अतिथिहरुमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह र एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी हुनुहुन्थ्यो।

त्यसैगरी एनआरएनए आइसीसी सल्लाहाकार हरिबोल भण्डारी, एनआरएनए एनसीसीका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, एनआरएनए एनसीसी पूर्वक्षेत्रीय उपाध्यक्ष कृष्णजीबी पन्थ लगायत थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो।

अमेरिकाको मिडवेष्ट क्षेत्रमा कार्यरत स्थानीय नेपालीहरुद्वारा संचालित संघ-सस्थाहरुसंग के कसरी सहकार्य गर्न सकिन्छ, सबैलाई समेटेर सामुहिक कार्य गर्नको लागि एनआरएनए एनसीसी अमेरिकाले के कस्तो भूमिका खेल्नु आवस्यक छ भन्ने बिषयमा केन्द्रीयत रहेको थियो। यसलाई सबैजना बक्ताहरुले सकारात्मक धारणा राखेका थिए।

कार्यक्रममा एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी, एनसीसी अध्यक्ष सुनिल साहले आफ्नो मन्तब्य राख्नुभएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ र स्थानीय संघसंस्था बिचको सहकार्यका बिषयमा डा यादब पण्डित र गोपेन्द्र भट्टराईले आफ्ना कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा कान्सास सहरमा नेपाली कम्युनिटि सेन्टर बनाउने बिषयमा समेत छलफल भएको थियो।

ओम भट्टराई
प्रवक्ता
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

प्रतिक्रिया