डेलावेयर कि एक महिलालाई मादक पदार्थ सेवनगरि गाडी ठोक्याएर भागेकोमा ४८ वटा अभियोग
इनेप्लिज
२०७६ भदौ ७ गते २२:११ मा प्रकाशित
अमेरिकाको डेलावेयर कि एक महिलालाई मादक पदार्थ सेवन गरि गाडी ठोक्याएर भाग्ने कोसिस गरेकोमा ४८ वटा अभियोग सहित प्रहरीले पक्राउ गरेको छ । उनले मेरिल्याण्ड राज्य स्थित ओसिएन सिटि (शहर)मा मादक पदार्थ सेवन गरि सवारी साधन दुर्घटनामा पारि धेरै सवारी साधनहरुलाई दुर्घटनामा पारेको अभियोग लागेको छ ।
प्रहरीका अनुसार उनलाई करिव ५० वटा कानुन उलंघन गरेको अपराधिक मुद्धा चलाइएको छ । ओसिएन सिटि (शहर)क प्रहरीका अनुसार पेज टमज्याक नामक २३ बर्षिय उक्त महिलाले लापरवाही साथ अन्य सवारी साधनलाई ठोक्याएको र भागेको आरोप लागेको छ ।
अदालतका कागजात अनुसार उनले बिपरित दिशामा आएको एक गाडीलाई राजमार्गमा ठोक्याएर घाइते बनाएकी थिइन् । प्रहरीका अनुसार गाडी ठोक्याएर भाग्ने क्रममा प्रत्यक्षदर्शी संग उनको मुठभेड हुँदा महिलाले लात समेत हानेको जनाएको छ ।
श्रोत : एपी न्युज
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया