संघीय लिम्बुवान महिला मंच कतारको तिज कार्यक्रम सम्पन तस्वीर/भिडीयो सहित

भोला थापा क्षेत्री २०७६ भदौ ७ गते १९:०४ मा प्रकाशित

भोला थापा क्षेत्री , कतार ।

नेपाली नारीहरुको महानपर्व हरितालिका तिज नजिकिदै गर्दा कतारमा कार्यरत नेपाली महिलाहरुले तिज मनाएका छन ।

कतारमा स्थापित नेपाली सँस्था ”संघीय लिम्बुवान सामाजिक मन्च कतार “महिला बिभाग”को आयोजनामा हरितालिका तीज कार्यक्रम कतारलाई आफ्नो कर्मथलो बनाउदै आएका सयौ नेपाली नारिहरुको उपस्थीतीमा भव्यताका साथ सम्पन भएको थियो ।

संघकी महिला बिभाग अध्यक्ष बिनिता राइको सभापतित्वमा र संघीय लिम्बुवान सामाजिक मञ्च कतारकी अध्यक्ष रेखा राइको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा नेपाली पनमा सजिएका नेपाली चेलिहरुको बाक्लो उपस्थितीले पक्कै नेपालमानै कुनै मनोरञ्जत्मक कार्यक्रम भईरहेको जस्तो लागीरहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले नेपाली नारीहरुको पर्व तीजको शुभकामान व्यक्त गर्दै प्रवासमा रहेर पनि आफ्नो देशको मौलिक पर्व मनाउन पाउदा खुसी लागेको बताईन “उनले थपिन आफुलाई परदेशमा पनि महिला दिदिबैनीहरु सगँ एकजुट भएर एक आपसमा दुःख सुःख साट्न पाउदा खुसी लागेको र आफुले विगतमा नेपाली महिला समाज कतारको अध्यक्षमा रहदा पनि यस्ता कार्यक्रमहरु थुप्रै गर्दै महिला दिदिबैनीहरुलाई कुनै पनि अप्ठ्यारो परेको खण्डमा आफु सद्धैव सहयोगमा खटिरहेको समेत बताईन ।

अष्ट्रेलिय काण्डमा हलियो लालिगुँराश ।

कार्यक्रममा उपस्थिती महिला तथा पुरुषहरुले पशुपतिको र सम्झना भण्डारीको “अष्ट्रेलिय काण्ड” बोलको तिज गीतमा नाचेर साथदिएका थिए ।  तिज बिशेष कार्यक्रम साँस्कृतिक मनोरञ्जनात्मक भएकोले स्थानिय कलाकारहरुकै उत्कृष्ट नृत्य गायनले पनि कार्यक्रम निकै मनोरञ्जनात्मक बनेको थियो ।

कार्यक्रममा लिम्बुवानी रास्ट्र गायक अमृत कुरुम्बाङ ,चर्चित गितकार तथा सगितकार घनस्याम तिवारी ,मोडेल तथा कोरियोग्राफर राज गुरुङ ,उर्मिला लामा,लक्ष्मी गीरी, पुजा गजुरेल ,नवीन केसी त्यसै गरि पुनम परियार ,सन्तोष बराइली, रमा तिम्सिना, अन्जली बिक, सुक्दल लिम्बू, मुना गिरि , तारा सोनि सगम लिम्बू,इन्दिरा राई,सुची साक्य ,सुजन राई,टिका लावर, सदिच्छा साहसकार,लक्ष्मी सुनुवार ,बिरेन मादेन लगायतका कलाकारले आफ्नो कला प्रस्तुत गर्दै तिज कार्यक्रमलाई रमाईलो बनाएका थिए ।

डान्सर/कोरियो ग्राफर गुरुङलाई विदाई

कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मन्च कतार “महिला बिभागलाई सहयोग गर्दै आईरहेका डान्सर तथा कोरियो ग्राफर राज गुरुङलाई संघले विदाई समेत गरको थियो । गुरुङलाई सभापति र प्रमुख अतिथीले सम्मान पत्र, खादा र दौसल्ला ओडाएर सम्मानका साथ विदाई गरेका थिए ।

कार्यक्रमका सभापती बिनिता राइले बोल्दै समाजको कार्यक्रममालाई सहयोग गर्नेप्रती धन्यावाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोग मिल्नेमा आशाबादि रहेको बताएकि थिईन ।

दुई चरणमा सम्पन्न भएको कार्यक्रममा सँस्थाकि मन्जु सावाले उपस्थितलाई स्वागत गरेकी थिईन भने औपचारिक कार्यक्रमको सन्चालन भने मंचकी सदस्य सचिव सुस्मिता शंकरले गरेकी थिईन साथै उक्त कार्यक्रममा दोहामा स्थापित विभिन्न समाजिक संघसस्थाहरुका प्रतिनिधी तथा महिला विभागका प्रतिनिधी,समाज सेवी, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Image may contain: 4 people, including Urmila Lama, people smiling, people standing

Image may contain: Urmila Lama, smiling, standingImage may contain: 3 people, people smiling, people standing

Image may contain: 6 people, people smiling, indoor

तस्वीर सौजन्य :: सन्तोष कुमार केसी

More Video 

प्रतिक्रिया