युवाहरु “आफ्नो गाँऊ आफै बनाऊ”अभियानमा जुट्दै

इनेप्लिज २०७६ भदौ ७ गते १४:११ मा प्रकाशित

प्रेम लामा ।

मकवानपुर गढी गाउपालिका , डुम्रेकुना -६ मा सनराइज युवा क्लवका युवाहरूले सरसफाई अभियान थालेको छन। उक्त अभियानलाई साथ समर्थन गर्दै टोल बिकास समिती , धनेश्वर मातातिर्थ मन्दिर निर्माण समिती र स्थानिय जनसहभागिताको बाक्लो उपस्थीती रहेको थियो ।

सनराइज युवा क्लबको सरसफाई अभियान पश्चात टोल बिकास समितीको अध्यक्ष नर बाहादुर स्याङतानको सभापतित्वमा भएको उक्त भेलामा सभापतीले ,उपस्थिति जनसमुदायलाई सम्बोधन गर्दै सनराईज युवा क्लबलाई विषेश धन्यबाद सहित टोल भेलामा उपस्थिती  सम्पुर्णलाई टोल बिकासले बिगतमा खेलेका भुमिका तथा आगामी दिनहरुमा गर्न गहिरहेको कार्यहरुको जानकारी सहति टोल बिकाश समितिले आगामी दिनमा गर्न लागेको कार्यक्रम प्रती कार्ययोजना प्रस्तुत गरेका थिए ।

अध्यक्ष  स्याङ्तानले  सरसफाई अभियान पहिलो यात्र रहेको र यस अभियानमा सहभागी सम्पुर्णलाई विशेष धन्यबाद दिदै संसार बदल्नु छ भने आफै बाट सुरु गरौ , आफू बाट शुरु गर्दै समाज परीबर्तन गर्न त्यति कठिनाई नहुने समेत बताए।

डुम्रेकुना सामुदायिक स्वास्थ इकाई प्रमुख सुनिता लुङ्बाले आजको सरसफाई अभियानमा स्वास्थ इकाई बाट सहभागिता जनाउदै गर्दा विभिन्न ठाउहरुमा फालिएका फोहोरहरु प्लाष्टिक जन्य भएको र उक्त प्लाष्टिकहरुमा बर्षातको मौसममा बगेर आएको भेल तथा पानी प्लाष्टिक भित्र जमेर बस्ने कारण अहिले देशै भरी फैलीएको डेगुं रोग तपाईं हामिले सुन्दै आएका छौ यसलाई कसरी हटाउने भन्ने कुरामा सबै लाग्नु पर्ने बताए ।

कार्यक्रममा हिमाल दुग्ध संस्थाको प्रतिनिधि अतिथी केशब सापकोटाले फोहोर मैला ब्यबस्थापन लगायत टोललाई बिकास गर्न टोल बिकास समितिले निर्णय लिएको हरेक निर्णयमा नैतिक समर्थन रहेको र शाखाको रुपमा रहेको दुग्ध बिकास संस्थामा कृषकको दुग्धमा कमि हुदै आएको बिस्तारै पशु पाल्न छोड्दै गएको प्रती चिन्ता ब्यक्त गर्दै टोल बिकास समितीले पनि महत्वपूर्ण भुमिका खेल्नु पर्ने बिचार ब्यक्त गरेका थिए ।

धनेश्वर माहादेव तथा मातातिर्थ मन्दिर निर्माण सेवा समितीको अध्यक्ष रामकृष्ण न्यौपानेले उक्त टोल पुर्वधार बिकाश योजना तथा कार्यक्रम प्रती  समिती सदैब तयार रहेको र चौरमा रहेको अनाबश्यक भवनलाई भत्काएर चौरलाई सफाई गर्नु पर्ने बताए ।

कार्ड्स एग्रीकल्चर एण्ड एग्रीकल्चरको प्रतिनिधि गणेश भण्डारीले टोल बिकास , सनराइज युवा क्लब , धनेश्वर माहदेव तथा मातातिर्थ मन्दिर को निमित भौतिक रुपमा सहयोग गरीने बिकाश जनताले गर्ने हो सरकारको मुख नताकी समाज परीबर्तनको निम्ति जनता आफै सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिए ।

संस्थाका सचिब बिष्णु सिलवाले संचालन गरेको उक्त कार्ययक्रममा  सदस्य सोम स्याङतानले स्वागत मंतव्य राखेका थिए ।

प्रतिक्रिया