शुक्रबार, असोज ३ २०७६
काठमाडौं १८:१८
वासिङटन डिसी 08:33

एफबिआई ले विशाल स्काम(घोटाला) गर्ने १४ जनालाई पक्राउ ,पिडितहरुको लाखौ डलरको क्षति

इनेप्लिज २०७६ भदौ ६ गते ११:३१ मा प्रकाशित

एफबिआई ले अमेरिकामा बसि आर्थिक धोखाधड़ी र घोटालामा संलग्न रहेका १४ जनालाई पक्राउ गरेको छ । उनीहरुले ईमेल(बिधुतिय डाक )या अन्य मार्फत मानिसहरुबाट ठुलो धनराशी अबैध रुपमा संकलन गरेकोमा अमेरिकाका विभिन्न राज्यहरुबाट पक्राउ गरेको छ ।

लस एन्जेलसबाट मात्र ११ जनालाई पक्राउ गरेको छ । अमेरिकाका वकिलले धोखाधड़ी गरि लाखौ डलरको रकम हात लगाएका बताएका छन् । उनीहरुले बृद्ध तथा व्यवसायलाई कपटीपूर्ण रुपमा लक्ष्य बनाई पैसा असुली गर्ने गरेको संघीय अधिकारीले जनाएका छन् ।

यस्ता घोटालामा संलग्न भएका नाईजेरियाका नागरिक भएको र उनीहरुले बैंक मार्फत उक्त रकम प्राप्त गरेको छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

कम्तिमा पनि अमेरिका र बिश्वभर बाट ४ करोड डलर बराबरको धनराशी चोरी गर्ने कोसिस गरेका बताएका छन् । ८० जनालाई षडयन्त्र गरेको अभियोग र पहिचान चोरी गरेको अभियोग लगाईएको छ ।

स्रोत : एविसी न्यूज़

प्रतिक्रिया