एनआरएनए स्विटजरल्याण्डको नेतृत्वमा शिव कुमार सुब्बा निर्वाचित

इनेप्लिज २०७६ भदौ ५ गते २२:२६ मा प्रकाशित

गैह्र आवासीय नेपाली संघ स्विटजरल्याण्डको छैठौं राष्ट्रिय महाशिबेशन तथा ११ औं बार्षिक साधारण सभा स्विटजरल्याण्डको राजधानी बर्नमा १८ अगस्ट आइतवारका दिन सफलताका साथ सम्पन्न भएको छ ।

निर्बाचन समितिको अनुसार २०१९-२०२१ का शिव कुमार सुब्बाको अध्यक्षतामा आईसीसी सदस्य भुमिराज गुरुङ सहित नयाँ कार्यसमितिमा उपाध्यक्ष शुभ एल्मर लामा कोषाध्यक्ष प्रमोद भट्ट, युवा संयोजक श्रवण केसी र महिला संयोजक सम्झना थापा रहेका छन् भने कार्यसमितिका सदस्यहरुमा अमिना श्रेष्ठ र बादल वज्राचार्य चयन भएका छन्।नयां कार्यसमितिको सचिव पद, प्रवक्ता लगायत सदस्यहरुको पद अझ खालिनै रहेको छ ।

अध्यक्ष र आइसीसी लगायत दुई मध्ये एक उपाध्यक्ष पदमा बासेलका सन्तोष राई र महासचिव पदमा बर्नका कुल प्रसाद शिवाकोटी गरि चार जनाको मात्र उमेद्वारी परेकोले निर्बिरोध निर्बाचित भएका छन् ।

उक्त कार्यक्रमको उद्धघाटन प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रसाद भट्टराई ,निर्बाचन पर्यवेक्षकका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी,स्विटजरल्याण्डका आइ सी सी राम कुमार महत्तो, एन आर एन स्विटजरल्याण्डका अध्यक्ष भुमि राज गुरुङ र महिला संयोजक शुभ एल्मर लामाका साथ संयुक्त रुपमा मैनबत्ति बालेका थिए ।

प्रथम चरणको उद्धघाटन सत्रमा नेपाली राजदूत मणिप्रसाद भट्टराई,केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी लगाएत स्विटजरल्याण्ड स्थित विभिन्न संघ संस्थाका अध्यक्षहरुले संघको अधिबेशन सफलताको कामना सहित शुभकामना ब्यक्त गरेका थिए ।

स्विसबासी नेपालीहरुलाई गएका दिनहरुमा जस्तै आउने दिनहरुमा पनि नेपाली दुतावासको तर्फबाट निरन्तर सहयोग रहने,युरोपमा पासपोर्टको प्रोडक्सन सेन्टर बनाउन आफ्नो तर्फबाट पनि पहल गर्ने ,`ब्रेन ग्रेन`मा संलग्न भई डेटावेस तयारपारि परिचालनमा ल्याउन सके देशलाइ सहयोग पुग्ने ,`भिजिट नेपाल २०२०` लाइ सफल पार्न सदैव तत्पर रहने र नव निर्वाचित एन आर एन ए स्विटजरल्याण्डका अध्यक्ष सुब्बाको एजेन्डामा रहेको `भिजिट नेपाल २०२०`लाइ स्विस स्थित सरकारी मिडिया मार्फत बिज्ञापन गर्न सके बिदेशीहरु प्रति धेरै प्रभाव पर्ने र नेपाली दुतावास सहयोग गर्न सधै तत्पर रहने राजदूत भट्टराईले उक्त कार्यक्रममा राख्नु भएको थियो ।

लाप्राकमा एन आर एन ए ले निर्माण गरेको नमुना बस्ती,`भिजिट नेपाल २०२०`, लगाएत एनआर एन ए का बिभिन्न बिषयहरुको बिस्तृत जानकारी केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारीले गराएकी थिइन् ।

गत तिन र चार अगस्ट, इटालीमा सम्पन्न युरोपेली बैठकमा मोष्ट एक्टिभ महिला संयोजकको रुपमा स्विटजरल्याण्डकी शुभ एल्मर लामालाइ एन आर एन ए स्विटजरल्याण्डको तर्फबाट सम्मान गर्दै निबर्तमान अध्यक्ष भुमि राज गुरुङले आफ्नो कार्यकालमा साथ दिएका सम्पूर्ण कार्यसमिति सदस्यहरुलाई धन्यवाद स्वरूप सम्मान गरेका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा एनआरएनए स्विस राष्ट्रिय समन्वय परिषद स्विसको २०१७-१९ को बार्षिक प्रगति विवरण संघका अध्यक्ष भुमि गुरुङले प्रस्तुत गरेका थिय भने संघका कोषाध्यक्ष प्रमोद भट्टले अहिले सम्मकै उत्कृष्ट र पारदर्शिताका साथ तयार परि आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिय । कार्यक्रमको संचालन संघका सदस्य कुल प्रसाद शिवाकोटी (कृष्ण) ले गरेका थिए ।

प्रतिक्रिया