उमा शानको तीज गीत ‘सुनैको बाला’को भिडियो सार्वजनिक [भिडियो ]

इनेप्लिज २०७६ भदौ ५ गते १०:५४ मा प्रकाशित

नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीज आउन करिब १० दिन बाँकी हुदा तीज सम्बन्धी नयाँ नयाँ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् यस्तै गायिका उमा शानले पनि तीज गीत ‘सुनैको बाला’को भिडियो रिलिज गरेकी छिन उनको आफ्नै शब्द रहेको गीतमा छेवांग तेन्जिंग लामाको संगीत रहेको छ । गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ ।

बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।

प्रतिक्रिया