मध्यपूर्वका एनआरएनए पिडीतलाई साथ दिने एक साझा सँस्था हो– एनआरएनए एनसिसि कतारका द्धितिय उपाध्यक्षका उम्मेद्धवार टंक कुमार खड्का

भोला थापा क्षेत्री २०७६ भदौ ४ गते १६:५० मा प्रकाशित

जन्मथलो पुर्बी पहाडी जिल्ला ताप्लेजुङ्ग भएता पनि काठमान्डौको कपनमा रहदै आएका हाल कतारमा कार्यरत तथा सामाजिक कार्यमा संलग्न युवा टंक कुमार खडका कतारको समाजमा कुनै नौलो नाम भने पक्का हैन ।

डेढ दशकदेखी कतारलाई कर्मथलो बनाउदै कतारमा स्थापित नेपाली समाजिक संघ सँस्थाहरु सँग हातेमालो गर्दै निरन्तर पिडीतहरुको पक्षमा सकारात्क सोच राख्ने सहयोग गर्दै आएका खड्का यतिबेला भने एनआरएनए कतारको चुनाव गरमागर्मीमा होमिएका छन ।

राम्रोलाई भन्दा पनि हाम्रोलाई जिताउनु पर्छ भन्ने बाहिरी माहौल तातिरहेको बेला कतारमा खड्काले पनि आफु आगामी २३ अगष्टका दिन चुनाबी मैदानमा उत्रने तयारी गरिरहेको बताएका छन ।

आगामी दिनमा एनआरएन कतारलाई थप गतिशील, क्रियाशील र परिणाममुखी बनाउन आसन्न गैरआवसीय नेपाली संघ, कतारको (२०१९-२०२१) को कार्यकालका लागी द्वितिय उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिन तयारी अबस्थामा रहेका उनै खड्का सँग ईनेप्लिज कतार प्रतिनिधी भोला थापा क्षेत्रीले गरेको छोटो कुराकानी जस्ताको तस्तै ।

मध्यपूर्वको एनआरएनलाई कसरी हेर्नु भएको छ ?

मैले मध्यपूर्वका एनआरएनएलाई नेपालीहरुको दुःख सुखमा साथ दिने चौतारीको साझा सँस्थाको रुपमा लिएको छु, विषेश गरेर नेपालीहरुको हरेक समस्याको समाधानका लागी सहजीकरण गर्न उब्जेको समाजिक सँस्था हो जस्तो लाग्छ ।

तपाई एनआरएनए कतारमा पहिला आवद्ध हुनुहुन्थ्यो ?

हजुर थिए, एनआरएनए कतारमा म गत सन २०१७ देखी २०१९ को कार्य समिति सदस्य रहेर आफ्नो भुमीका निर्वाह गरिसकेको छु, आगामी दिनमा पनि एनसिसि कतारको परिधीमा रहेर गर्न बाकी रहेका केहि कामहरुलाई पुर्णता दिन नै मेरो यो उम्मेदवारी हो र म स्वयं एक श्रमिक पनि हुँ त्यही भएर मेरो हरेक काम पनि श्रम सम्बन्धी नै भएको हुँदा त्यो श्रमिकको काम द्धितिय उपाध्यक्षबाट मात्र श्रम बिभाग संयोजन हुने प्रावधान भएकाले मैले द्धितिय उपाध्यक्षका लागी उमेद्धवारी दिएको हुँ ।

द्धितिय उपाध्यक्षमा भिड्दै हुनुहुदो रहेछ कस्तो छ अवस्था?

माहोल त कुरै नगरौ एकदम राम्रो छ त्यो मलाई भन्दा तपाईलाई अझ बढी थाहा होला , तर म चुनावमा उत्रिरहेको बेलामा मैले आफुलाई राम्रो हुँ भन्दा पनि कतारको समाजिक संघसस्थामा मैले गरेको योगदान र मेरो मुल्याङ्कन के कति छ बुझ्नु पहिलो कुरा रहेको छ तर आशा छ मेरा प्यारा पार्सदज्यूहरुले बुझ्नुहुने छ र अर्काे कुरा मैले बुझेको र सुनेको अनुसार र समवेशी भएको हुँदा राम्रो माहोल छ ।

एनआरएनमा प्यानल त हुदैन तर देखिने गरि नै प्यानलको भोट मागिएको छ तपाई कुनमा ?

हाहा….अब यसलाई प्यानल/पाटिगत चाही नभनि हालौ कि ? तर यो चयन प्रक्रियामा सहयोगीमनहरु पनि धेरै हुनुहुन्छ अबको कार्यसमिती सही आउनु पर्छ भन्ने तर्क मात्र हो । यसो भनिरहदा कोहि पनि यसबाट टाढा भने छैनन अहिलेकोे रेसमा रहने सबै ब्याक्तिहरु कहि न कहि एक किसिमले जोडिनुभएको छ जस्तो मलाई लाग्छ । मात्र यति हो यो कार्यसमिति चयन प्रक्रियामा सहज हुने हिसाबले जोडिए पनि पछि अनुमोदित भएर काम गर्ने सवालमा यस्तो हुनुहुदैन । भविश्यमा हामी निस्वार्थ भावले सबैसँग सहकार्य गरेर नै अगाडी बढ्ने हो ।

जितपछिको भावी कार्ययोजना के–के छन ?

खासै यहि छ भनेर भनु भने पनि फेरी गाह्रो पो छ त तर पनि त्यो भोलीको भावी योजना भनेको मैले गर्ने त माथी उम्मेदवारी प्रतिवेदनमा नै उल्लेख गरिसके तर अब जित पछि चाही पक्कै राम्रो टिम बन्छ भन्ने आशा छ र उक्त टिमले गरेको निति नियम अनुसार कार्ययोजनाहरु सगै आफ्नो पनि तर्क राख्दै अगाडी बढ्ने हो ।

यदि कतारबासी नेपालीहरुले तपाईलाई एनआरएनको द्धितिय उपाध्यक्षमा पाए भने के आशा गर्ने ?

मैले त्यस्तो ठूलो महत्वाकांक्षा बोकेको छैन म एउटा युवा श्रमिक हुँ मेरो पनि तपाईहरुको जस्तै दैनिकी छ , साथै आफ्नो कार्यबाट बचेको समय म एनआरएनए कतारमा रहेर कतारमा स्थापित नेपाली समाजिक संघ सस्थाहरुसँग हातेमालो गर्दै पिडीतहरुको हितका लागी सहयोग गर्ने मेरो मुख्य धारण हो ।
र अर्काे कुरा यहाँ रहने नेपालीहरुलाई एनआरएनए कतार सॉच्चिकै साझा र अभिभावक सँस्था हो भन्ने आभाष दिलाउन मुख्य भुमिका पनि खेल्ने छु साथै हरेक श्रमजिबी बर्गको अपेक्षा अनुरुप वैदेशिक रोजगारीमा नितिगत सुधार गर्न गैर आबसिय नेपाली संघले समन्वयकारी भुमिका खेल्न र श्रमजिबी कामदार बर्गको हितमा अथवा उनिहरुको पक्षमा उभिएर कतारमा संस्थालाई हरेक श्रमिक बर्ग सम्म बुझाउन र पुर्याउन आजको आबस्यकता रहेको छ यसमा मेरो जोडदार भुमीका रहने छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

सम्पुर्ण एनआरएनए अभियान्त ज्यु अग्रज ,बुद्धिजिबी पत्रकार , नेपाली दाजु भाई र पार्षद सदस्यहरुमा यो कार्यसमिति चयन प्रकृयामा अनुशासित र मर्यादित तरिकाले सम्पन्न गराइदिनुहुनेछ भन्ने आशा राखेको छु जित र हार भने चलिरहेको चलन हो हामीले परदेशमा बसेर मतदान गर्दै छौ कतारको कानुनलाई पालन गरि नकारात्मक सन्देश फैलन दिनु हुदैन यसैले पक्ष विपक्ष र यो प्यानल र त्यो प्यानलको नभनि सहज रुपले निर्वाचनमा सम्पन गराउन समेत आग्रह गर्दछु ।

प्रतिक्रिया