बिहीबार, माघ ९ २०७६
काठमाडौं ११:५३
वासिङटन डिसी 01:08

टोरोन्टोमा ६८ नेपाली बालबालिकालाई सकर सिकाइयो

इनेप्लिज २०७६ भदौ ४ गते ९:०३ मा प्रकाशित

टोरोन्टो । क्यानडाको ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका ६८ बालबालिकाले ४ महिना लामो सकर प्रशिक्षण लिएका छन् । ७ देखि १४ वर्षका यि नेपाली बालबालिकालाई टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले प्रशिक्षण दिएको हो ।

खेलकुदमा बालबालिकाको क्षमता विकास होस र नेपाली समुदायको दोस्रो पुस्तामा सम्बन्ध घनिष्ठ होस् भन्ने उदेश्यले यो प्रशिक्षण आयोजना गरिएको क्लबका महासचिव रविन्द्र लम्सालले बताए । प्रशिक्षण मध्ये केहीले व्यावसायिक खेल करियर नै सुरु गर्न सकुन भन्ने हाम्रो उदेश्य हो, लम्सालले भने ।

तालिमको आइतवार औपचारिक समापन गर्दै सहभागी खेलाडीलाई ट्रफि प्रदान गरियो । समापन कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदुत भृगु ढुंगाना, एनआरएनका केन्द्रीय उपाध्यक्ष कुल आचार्य र क्यानडा एनआरएनका अध्यक्ष चिरञ्जीवी घिमिरे लगायतले प्रशिक्षित बालबालिकालाई हौसला प्रदान गरेका थिए ।

 

प्रतिक्रिया