अब नेपालमा पनि ‘भिडियो पसल’

इनेप्लिज २०७६ भदौ ३ गते १०:५३ मा प्रकाशित

काठमाडौं । नेपाली फिल्मको विभिन्न बजारहरुमध्ये अनलाईन डिजिटल बजार एक हो । यसमा पनि विभिन्न तरिकाले फिल्म हेर्ने परम्परा छ । प्राय नेपालले अंगिकृत गरेको माध्यम भने सामाजिक सञ्जाल युट्युब मात्र हो । पछिल्लो समय आईफ्लिक्स र नेटफ्लिक्स केही मात्रामा प्रयोग भएको देखिन्छ ।

ओएआर डिजिटलले भने अनलाईनको नयाँ एप्स सार्वजनिक गरेको छ । उक्त एप्सलाई ‘भिडियो पसल’ नाम दिएको छ । ‘भिडियो पसल’ अन्य देशरुमा पनि उपलब्ध छ । नेपाली फिल्म र नेपालीका लागि भने ‘भिडियो पसल’को सम्पूर्ण व्यवस्थापन अधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको जनाईएको छ ।
ओएसआर डिजिटलले एक विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा संचालन भईरहेको ‘भिडियो पसल’ एप्स नेपालमा संचालनमा आएको जनाएको हो । प्रबन्ध निर्देशक ओम अग्रवाल हस्ताक्षरित विज्ञप्तीमा ‘भिडियो पसल’ नेपाली फिल्म क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका साथै बजारको दायरालाई फराकिलो बनाउन संचालनमा ल्याईएको बताईएको छ ।

हलमा रिलिजकै दिन पनि ‘भिडियो पसल’मा फिल्म रिलिज गर्न सकिने योजना रहेको छ । तर, हाललाई रिलिज भईसकेको फिल्मलाई विश्वभरीका दर्शक समक्ष एकै पटम पुराउने लक्ष्यले ‘भिडियो पसल’ संचालनमा ल्याईएको हो । ‘भिडियो पसल’ मा न्युनतम शुल्क तिरेर नयाँ नयाँ फिल्महरु हेर्न पाईनेछ । केही फिल्महरु भने निशुल्क हेर्ने व्यवस्था पनि गरिएको छ ।

मोबाईल एप्सबाट विश्वको कुनै पनि कुनाबाट यो एप्स प्रयोग गरि नेपाली फिल्म हेर्न सकिनेछ । निर्माताहरुको लागि यो नयाँ बजार हुन सक्ने अनुमान छ । यसबाट प्राप्त शेयर भन्ने निर्माण कम्पनी र निर्माता बीच आपसि सहमतिमा हुने ओएसआरका प्रतिनिधी रुपेन्द्र खड्गीले बताएका छन् । ‘भिडियो पसल’बाट फिल्म कपि हुने, डाउनलोड हुने रलिक हुनसक्ने संभाव्यता शुन्य भएको ओएसआर डिजिटलले जनाएको छ ।

प्रतिक्रिया