राजिब श्रेष्ठ द्वारा पूर्व मिस नेपाल युएसए सुजिता बस्नेत तथा उदाउदो मोडल कला न्यौपानेका तीजका अद्वितीय तस्बिरहरु

विजय थापा २०७६ भदौ ३ गते १०:३५ मा प्रकाशित

 

डिसी । प्रख्यात फोटोग्राफर (छायाचित्रकार) राजिब श्रेष्ठले पूर्व मिस नेपाल युएसए २०११ कि सुजिता बस्नेत तथा उदाउदो मोडल(प्रतिरुप )कला न्यौपानेका तीजका अद्वितीय तस्बिरहरु कैद गरि सार्वजनिक गरेका छन् ।

श्रेष्ठले डिसी महानगर क्षेत्र मै बसोबास गर्ने बस्नेत तथा न्यौपानेका आउन लागेको महिलाहरुको महान चाड तीज अगाडी तीजका तस्बिरहरु लिएका हुन् । श्रेष्ठ व्यावसायिक छायाचित्रकार हुन् भने उनले नेपालमा हुदा विभिन्न चाड पर्वको अवसरमा कलाकार,महिला तथा पुरुष नमुना(मोडल)हरुका बिशेष तस्बिर खिच्दै आई रहेका थिए ।

नेपालमा उनले उदाउदा ,प्रतिभाशाली ,नव प्रतिभा ,नया कलाकार र नयाँ मोडलहरुलाई प्रोत्साहन गर्ने र उनीहरु भित्र रहेको प्रतिभालाई अझ निखार्दै आफ्नो पेशा मार्फत प्रबर्द्धन गर्ने काम गर्थे । र अझ नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने र त्यस्ता व्यक्तित्वको खोजी गरि उत्प्रेरणा गर्ने काम गर्थे ।

उनले अमेरिका आए पछि पनि त्यो काम रोकेनन । उनले बिगत ४ बर्ष देखि अमेरिकामा पनि उनले नेपालको जस्तै यहाँ रहेका बिशेष गरि उदाउदा ,प्रतिभाशाली ,नव प्रतिभा ,नया कलाकार र नयाँ मोडलहरुलाई प्रोत्साहन गर्ने र उनीहरु भित्र रहेको प्रतिभालाई उत्प्रेरणा दिने र अगाडी बढाउने काम गरि रहेका छन् । नेपाल जस्तै यहा पनि आफ्नो पेशालाई निरन्तरता दिई रहेका छन् ।

उनले चित्रकारिताको माध्यम बाट संस्कृतिको प्रबर्द्धन गर्दै आई रहेका छन् । श्रेष्ठले दशैं ,तिहार ,फागु पुर्णिमा ,तीज आदी ईत्यादी पर्वमा तस्बिरहरु लिने गर्छन भने यस पटक उनले तीजको अवसरमा पूर्व मिस नेपाल युएसए २०११ कि सुजिता बस्नेत तथा उदाउदो मोडल(प्रतिरुप )कला न्यौपानेका तीजका अद्वितीय तस्बिरहरु सार्वजनिक गरेका छन् ।

यहाँहरु पनि यस्ता चाड पर्वमा तस्बिर खिच्न चाहनु हुन्छ र श्रेष्ठ संग सम्पर्क गर्न चाहनु हुन्छ भने वहा संग ईनेप्लिज मार्फत सम्पर्क गर्न सकिने छ ।

 

 

 

 

 

 

 

 

 

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया