न्यूयाेर्कमा पहिलो पटक ऐतिहासिक गाईजात्रा कार्यक्रम सम्पन्न
तारा भट्टराई, न्यूयोर्क ।गत अगष्ट १७ का दिन न्यूयाेर्कमा पहिलो पटक टुटुल्को डटकमको आयोजनामा ऐतिहासिक कार्यक्रम गाईजात्रा बिभिन्न मनोरन्जनात्मक, सन्देशमुलक प्रस्तुतीहरुका साथ सफलतापूर्वक सम्पन्न भएकाे छ।
स्थानीय कलाकारहरुले कमेडी, प्यारोडी, कविता , नाटक मार्फ़त प्रवासमा रहँदाको पिडा, वर्तमान राजनीतिक गतिविधि , एनआरएन र यसका सदस्य,पत्रकार, कूटनीतिज्ञ, समाजसेवी लगायत युट्यूव ,फ़ेसबुक लगायत समाजका सबै बर्ग तह र तप्का मानिसहरुलाई निक्कै जोडदार ब्यंग्य प्रहार गरेका थिए भने बाल कलाकारहरुकाे खुवै मार्मिक प्रस्तुतीले पनि दर्शक दीर्घाका आँखा समेत रसाएका थिए।
प्रवास त्यसमाथि पनि अमेरिकामा रहेर आ-आफ्नो ब्यस्तताका बावजूद पनि अमुल्य समय निकालेर तयार गरिएको प्रस्तुतीहरु निक्कै राेचक र घाेचक पनि थिए।
पहिलाेपटक आयाेजना गरेकाे भएपनि दर्शकहरूको मन सजिलै जित्न सफल भएकाे आयोजक टुटुल्को डटकमका ज्योति कुमार श्रेष्ठले बताउनु भयाे।
प्रवासमा रहँदा पनि आफ्नो भाषा, कला, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण, सम्बर्धन र प्रवर्धन गर्दै भावी पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने र हॉस्यमार्फत समाजका बिकृति बिसंगती बिरुद्ध व्यङग्य गरेर सुधारको बाटोमा हिडाउन मद्दत पुग्ने अनि आउदा बर्षहरुमा पनि निरन्तरता दिन यसपटककाे कार्यक्रमले हाैसला दिएकाे आयाेजक श्रेष्ठले बताउनुभयाे।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया