द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)

इनेप्लिज २०७६ भदौ १ गते ९:४५ मा प्रकाशित

मितिः २०७६।५।१

प्रेस विज्ञप्ती

(९२औं अस्कर अवार्ड प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिता गर्ने सम्बन्धी सूचना)

द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड् साइन्सेसद्वारा सन् २०२० फेब्रुअरी ९ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलस्को डल्बी थिएटरमा ९२औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गरिने तय भएको छ ।

उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध पत्र प्राप्त भएकाले ९२औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०१९ अगष्ट ३० तारिख अर्थात् मिति २०७६ भदौ १३ गते शुक्रबार दिनको ०२ः०० बजेभित्र यस समितिका सचिवसँग सम्पर्क गरी दर्ता गराउनु हुन यस समितिको मिति २०७६ साउन ३२ गतेको निर्णयानुसार यो छनोट समिति आह्वान गर्दछ ।

–     प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र वि.सं. सन् २०१८ अक्टोबर १ तारिख अर्थात् वि.सं. २०७५ असोज १५ गतेभन्दा पछि तथा २०७६ साल भदौ १३ (सन् २०१९ अगष्ट ३०) गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।

दरखास्तका साथमा निम्न कागजात र तिनका सफ्टकपी समेत संलग्ग्न गर्नुपर्ने छः

–     निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् पर्दामा देखिने क्रममा) (Complete production credits (cast and crew) as they appear on screen, in English translation),

–     अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (Synopsis of the film),

–     निर्देशकको फिल्मोग्राफी (Director’s biography and filmography, in English translation),

–     चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू (Published advertisements verifying the seven-day theatrical run)

–     सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू(3 to 5 representative  stills from the film, including a designated key frame),

–     निर्देशकको फोटो (Director’s photograph),

–     चलचित्र रिलिज हुँदाको पोस्टर (Film poster* (Please refer to digital specifications atwww.oscars.org/2019-streaming-artwork-upload-specs)

–     चलचित्रको डिजिटल कपी (Digital content delivery (Streaming asset for voting purposes –

         Please refer to digital specifications at www.oscars.org/2019-streaming-upload-specs

लगायतका माथि उल्लेखित सम्पूर्ण विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन हुन अनुरोध गरिन्छ ।

यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको सचिवालयमा सम्पर्क गर्न सकिनेछ ।

सचिवालयको ठेगानाः

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल), काठमाडौं

सम्पर्कः अध्यक्ष श्री विमल पौडेल, ९८५११०४४५४ वा

सचिव श्री चिरञ्जीवी गुरागाईं, ९८५१०२९२००

ई–मेलः [email protected][email protected]

प्रतिक्रिया