राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको अध्यक्षमा शक्ति क्षत्री

इनेप्लिज २०७६ साउन ३२ गते १२:१८ मा प्रकाशित

दोहा, कतार – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको अध्यक्षमा शक्ति क्षत्री निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले क्षत्रीको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्षमा ईमान सिहं ठकुरी, महिला उपाध्यक्षमा नानु घले, सचिवमा तिलु शर्मा पौडेल, महिला सचिवमा सन्ध्या अर्याल, सह-सचिवमा रघु नाथ शर्मा, कोषाध्यक्षमा लेखनाथ रिमाल र सह-कोषाध्यक्षमा रिदिसा चापागाई रहेका छन ।

यस्तै समितिको सदस्यमा बिकास लामिछाने, कृष्ण प्रसाद ढकाल, प्रेम बहादुर गुरुङ, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार महिला सदस्यमा मेनुका खतिवडा र लक्ष्मि गिरी रहेका छन ।

गैर आवासीय नेपाली संघ मध्यपुर्व उप-संयोजक प्रविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कतार स्थित सामाजिक, बैचारीक, जातिय/सामुदायिक सॉस्कृतिक संघ-संस्था तथा ब्यबसायि बुद्दिजिवि र समाजसेवीको उपस्थिति रहेको थियो ।

कार्यक्रम सफलताको सुभकामना व्यक्त गर्दै सहभागीले प्रवासमा रहेर पनि आफ्नो देशको मौलिक कला र संस्कृति जोगाउन लागीपरेको भन्दै प्रतिस्ठानलाई आभार व्यक्त गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका कार्यबाहक अध्यक्ष शक्ति क्षत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत महिला उपाध्यक्ष नानू घलेले स्वागत र सचीव शिवराम ढकालले संचालन गरेका थिए ।

Image may contain: 20 people, including Hom Nath Sharma, crowd

सोहि अवसरमा निर्वाचन समितीका संयोजक रामहरी गैरेले नव निर्वाचित समितीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहान” भन्ने नारा सहित बि.स. २०५८ मा स्थापित प्रतिस्ठानको कतार शाखा सन् २०१७को नोभेम्बर १० तारिखमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया