किशोरीको साँघुबाट खसेर मृत्यु

इनेप्लिज २०७६ साउन ३२ गते ७:५४ मा प्रकाशित

जुम्ला, ३२ साउन । जुम्लाको पातारासी गाउँपालिका–४ की एक किशोरीको साँघुबाट खसेर मृत्यु भएको छ । १९ वर्षीया अनरुपा बुढाको जुवा नदीमा बनाएको काठको साँघुबाट खसेर मुत्यु भएको हो ।

शुक्रबार घरबाट घरायसी सामान किनेर लासी बजारबाट फर्कँदै गर्दा पानी परेर चिप्लो भएका कारण साँघुबाट खसेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको डिल्लीचौर प्रहरी चौकीले जनाएको छ।

पुलबाट चिप्लिएर बगेकी उनी लाम्री गाउँ नजिकै साँघु भएको स्थान भन्दा झण्डै एक किलोमिटर तल ग्याबिनमा अल्झिएको अवस्थामा घाइते भेटिएकी थिइन्। अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा नदी किनारमा घाइते भेटिएको जिल्ला प्रहरी कायालयले जनाएको छ।

प्रहरी र स्थानीयको सहयोगबाट उद्धार गरी डिल्लीचौर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको डिल्लीचौर प्रहरी चौकीका इन्चार्ज कृष्ण शाहले बताए।

प्रतिक्रिया