रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना पक्राउ

इनेप्लिज २०७६ साउन ३१ गते १०:३७ मा प्रकाशित

काठमाडौँ, ३१ साउन । प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना  पक्राउ परेका छन् ।

राजमार्ग बन्द गराउन खोज्ने र उच्छृंखल गतिविधिमा संलगन ५ जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

लामिछानेका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय नजिकै प्रदर्शन  समेत गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि लामिछानेसहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

डिजिटल ल्याबबाट भिडियोको वास्तविकता चेकजाँचको निष्कर्ष पाएसँगै प्रहरीले ३ जनालाई बिहीबार पक्राउ गरेको हो ।

भिडियोमा पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले आत्महत्या गर्न विवश बनाएको उल्लेख छ ।

पक्राउ परेका यी तीनै जनालाई म्याद थपका लागि आजै जिल्ला अदालत चितवन पेश गरिएको छ ।

प्रतिक्रिया