आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:१९
वासिङटन डिसी 09:34

जिपी कोईराला फाउन्डेसन अमेरीकाको प्रेस वक्तव्य

इनेप्लिज २०७६ साउन ३१ गते १:११ मा प्रकाशित

यही आउदो अक्टोवर १३-१६ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सझम, सबल र गैर आवसिय नेपालीहरुको हक-हित तथा दोहरो नागरिकताको अधिकार प्राप्तका लागि लडने उम्मेदवारहरुलाई निर्वाचनमा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फवाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समितिको प्रमुखमा मलाई नियुक्ति गर्नु भएको यहाँहरु सबैलाई अवगत नै छ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन सगं आबद्ध भएर कार्यहरु गरिरहनु भएका सबै सदस्य महानुभावहरुलाई एक भएर यस चुनावि अभियानमा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइरालाले आव्हान गर्नुका साथै मलाइ ५ सदस्य चुनावि प्रचार प्रसार समीती वनाएर काम शुरु गर्न पनी आग्रह गर्नु भएको हुँदा अाजका दिन वाट नै जिपी कोईराला फाउन्डेसन चुनाव प्रचार प्रसार समीती गठन गरेको यसै विज्ञप्ति मार्फत घोषणा गर्दछु।

मलाई यो जिम्मावारी दिनु भएकोमा केन्द्रीय अध्यक्ष माननीय सुजता कोइरालालाई धन्यवाद प्रकट गर्दै यस अभियानलाई सफल बनाउन हामी कटिबद्ध छौं।
जय एनआरएनए ।

चुनावि प्रचार प्रसार समिति

सोमनाथ घिमिरे-प्रमुख
5 सदस्यज्युहरु क्रमशः
1. चित्र के.सि.- संयुक्त अरब इमिरेट
2. निर्मला थापा मगर-मकाउ
3. कुमार कार्की-जापान
4. रमेश छत्कुली-अष्ट्रेलिया
5. डाक्टर अग्नि राज कोइराला-दझिण कोरिया

सोमनाथ घिमीरे
अध्यक्ष
जिपी कोईराला फाउन्डेसन अमेरीका
तथा
प्रमुख चुनाव प्रचार प्रसार समिति

प्रतिक्रिया