गुल्मी जिल्ला पहिरो पिडित सहयोगार्थ जापानमा फ्री मार्केट कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ साउन ३१ गते १:१३ मा प्रकाशित

गत श्रावण महिनामा गुल्मी जिल्ला सत्यवती गाउँपालिकामा पहिरो गई दैविक बज्रपात बाट पिडित घाईतेहरुको चोटमा मलम पट्टि साथै ज्यान गुमाउनेहरू प्रति हार्दिक समबेदना सहित पिडितहरुको सहयोगार्थ ग्लोबल नेपाल नेटवर्कले टोकियोको सिन कोईवा स्थित ठमेल हलमा २०१९ अगस्त ११ तारेख आईतवार दिन सुपथ मुल्यमा फ्री मार्केटको आयोजना सम्पन्न गरेको छ l पहिरोवाट बिस्थापित भएका पिडित परिवारहरुको सहयोगार्थ आयोजित कार्यक्रम ग्लोबल नेपाल नेटवर्कको आयोजनामा जापानमा रहेका संघ संस्थाहरु गुल्मेली समाज जापान ,मगर संघ समाज जापान र नेपाल जापान एक्सचेन्ज क्लबको सह-आयोजनमा सम्पन्न गरेको छ l

उक्त फ्री मार्केटको लागि राम्रा राम्रा जापानी लुगाफाटाहरु ,खेलौनाहरू तथा किताबहरु २ ट्रक भन्दा बढी सामानहरु नेपाल जापान एक्सचेन्ज क्लबका जापानी साथीहरुले उपलब्ध गराएका थिए l

 

उक्त कार्यक्रममा गुल्मेली समाज जापानका अध्यक्ष शालिक राम भण्डारी ,नेपाल मगर संघ जापान कान्तोका अध्यक्ष रित राना मगर ,नेपाल जापान एक्सचेन्ज क्लबका संयोजक यामाकावा मासाहिरो, ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्य ,थकाली सेवा समितिका अध्यक्ष बुध्दी गौचन तथा नेवा:जागरण मंच जापानका अध्यक्ष जनक राज शाक्यको उपस्थित भएको थियो l

 

कुनै पनि नेपालीहरुलाई दुख: पर्न गएको खण्डमा सबै एक जुट भएर सहयोग गर्नु पर्ने मानव धर्म रहेको कुरा बताउदै आयोजक कमिटिका सुनिल कुमार शाक्यले उपस्थित महानुभाब तथा आर्थिक सहयोग गर्ने सम्पूर्ण साथीहरुलाई लाई हृदय देखि धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जापानवासी नेपालीहरु तथा जापानमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा जापानीहरुको उपस्थिती रहेको थियो ।उपस्थित साथीहरुले फ्री मार्केटको सामानहरु मन पर्ने जति लगि स्वेच्छाले रकम सहयोग गर्नु भएको थियो l उक्त दिन जम्मा ८०,००० जापानी येनको आर्थिक सहयोग संकलन भएको छ l उक्त रकम ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्य बाट गुल्मेली समाज जापानका अध्यक्ष शालिक राम भण्डारीलाई हस्तान्तण गरियो l

फ्री मार्केटमा उपस्थित भई सहयोग गर्नुहुने दयालु दाताहरुको नामावली तथा सहयोग रकम यस प्रकार छ :-

१- ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्य १०,८४५

२- भरत गैरे ५,५५५

३- नरेंद्र कुमार शाक्य ५,०००

४- थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन ५,०००

५- सुरज पन्थ ३,५००

६- सुमन भन्डारी ३,५००

७- प्रेम लाल पान्डेय सत्यवती १ अस्लेवा ३,०००

८- रबीन्द्र शाख: ३,०००

९- नेपाल जापान एक्सचेन्ज क्लबका संयोजक यामाकावा मासाहिरो (ब्याचा दाई) ३,०००

१०- नेवा:जागरण मंच जापानका अध्यक्ष जनक राज शाक्य ३,०००

११- नेपाल मगर संघ जापान कान्तोका अध्यक्ष रित राना मगर ३,०००

१२- नेत्र खरेल २,५००

१३- गोपाल पान्डेय २,५००

१४- मतिना श्रेष्ठ २,०००

१५- पदमराज भन्डारी २,०००

१६- सुरज श्रेष्ठ २,०००

१७- अरुसान बाबा २,०००

१८- बिस्णु भन्डारी २,०००

१९- टिकाराम अधिकारी २,०००

२०- जितेन्द्र पुरी १,५००

२१- फणिन्द्र खरेल १,५००

२२- रोज़ी शाक्य १,५००

२३- गोपाल आचार्य १,१००

२४- सीता पन्थ १,०००

२५- अचुत नेपाल १,०००

२६- बासु पौडेल १,०००

२७- भुवन सिंघ थापा १,०००

२८- सिर्जना शाक्य १,०००

२९- संगीता शाक्य १,०००

३०- बसन्त अधिकारी क्षेत्री १,०००

३१- नविन कार्की १,०००

३२- गंगा छेड़ा १,०००

जम्मा जापानी येन ८०,००० संकलन भएको छ l

प्रतिक्रिया