मंगलबार, मंसिर २४ २०७६
काठमाडौं १३:१८
वासिङटन डिसी 02:33

न्यू योर्कमा हुने टुटुल्को गाइजात्रे कार्यक्रमको तयारी पूरा,सबैलाई चुलो निम्तो

इनेप्लिज २०७६ साउन ३० गते २२:५८ मा प्रकाशित

 

आगामी अगस्त १७ का दिन बिश्व कै सम्राट राज्य न्युयोर्कमा पहिलो पटक हुन् गै रहेको गाईजात्रा तथा हास्यव्यंग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । अमेरिकाका विभिन्न नजदिकका राज्यहरुबा कलाकार,दर्शक तथा विभिन्न पेशामा संलग्न नेपाली समुदायहरुले सहभागी जनाउन लागेकोमा टुटुल्को डटकमका प्रधान सम्पादक तथा कार्यक्रम संयोजक ज्योतिकुमार श्रेष्ठले हर्ष व्यक्त गरेका छन ।

श्रेष्ठले अगाडी भने अब तपाईहरू आई दिनुस हामी प्रस्तुति गर्न आतुर रहेको बताए । उनले ईनेप्लिजलाई यस्तो कार्यक्रम सम्भवत पहिलो पटक हुन् लागेको र यस्तो कार्यक्रम नेपालमा मात्र गरिन्छ । तर साथीभाईहरुको हौशला र उत्प्रेरणाको कारण आँट गरेका छौ ,श्रेष्ठले थपे ।

कार्यक्रममा कुनै कमि कमजोर नहोस भन्ने हेतुले अहोरात्र काम गरि रहेको र कुनै कसर नछोड्ने पक्षमा रहेको कार्यक्रम संयोजक श्रेष्ठले बताए । आफू ,परिवार ,साथीभाई साथ आई हामीलाई हौशला प्रदान गर्न श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।

कार्यकम न्यू योर्कको नर्दन ब्लुबर्ड स्थित क्वीन्स पुस्तकालयमा हुने र ठिक २ बजे सुरु हुने ४ चार बजे सकिने छ । गाई जात्रा महोत्सवमा प्रहसन, व्यंग, प्यारोडी र नृत्य प्रस्तुत हुने छन ।

समाजका बिकृति विसंगतिहरुलाई व्यंगात्मक रुपमा प्रस्तुत गर्ने उद्धेश्यले बिक्रम सम्बत २०४० सालमा नेपालको धरानमा स्थापित टुटुल्को मासिक बिगत चार बर्ष देखि अङ्किय पत्रिका (अनलाइन)न्यू बाट संचालन भै रहेको छ ।

 

प्रतिक्रिया