आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:२९
वासिङटन डिसी 09:44

नर्थ क्यारोलाइनाको मोरिसभिल दर खुवाइयो,बिदेशीले पनि खाए तीजको दर

इनेप्लिज २०७६ साउन ३० गते २२:३६ मा प्रकाशित

 

अमेरिकाको नर्थ क्यारोलाइनाको मोरिसभिल नेपाली चेलीबेटी तथा महिलादिदी बहिनीहरुलाई दर खुवाइएको छ । उक्त दर खुवाउने कार्यक्रममा बिदेशीले पनि तीजको दर खाएका छन् ।

अतिथिको रुपमा बिदेशीलाई पनि आमन्त्रित गरि नेपालीहरुको चाड पर्व बारेमा जानकारी होस् भन्ने हेतुले उनीहरुलाई समेत बोलाइएको हो । गत आइतबार सम्पन्न उक्त दर खुवाउने कार्यक्रम नेपालमा जस्तै अमेरिकामा पनि नेपालीहरुको बस्ति भएका स्थानमा दर खाने कार्यक्रम प्रचलनमा ल्याएका छन ।

 

यस्तै क्रममा नर्थ क्यारोलिनाको मोरिसभिल दर खाने काम सम्पन्न भएको छ । गैर आवसीय नेपाली संघ अमेरिकाका पूर्व उपाध्यक्ष राधा पौडेलको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपालमा पनि महिलाहरुको महान चाड तीजको समयमा यसरी दर खुवाउने गरेकोले यसलाई पनि अमेरिकामा पनि निरन्तरता दिएको पौडेलले बताईन ।

नाचगान तथा दर खाने कार्यक्रममा शहरका नगर प्रमुख ,परिषद सदस्य लगाएत अमेरिकन समुदायका व्यक्तिहरु समेतको उपस्थिति रहेको थियो । प्रबासमा भए पनि नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न मादल बजाएर, थपडी बजाएर आफूहरुले गीत गाएको पौडेलले बताइन ।

कार्यक्रमलाई सफल बनाउन एनसीएनसी ,एनआरएन लगायत स्थानीय नेपाली ब्यबसायिहरु लगायत सबैको सहयोग रहेकोमा सबैलाई संयोजक पौडेलले धन्यबाद दिएकी छिन । बिभिन्न नेपाली परिकारका खाना सहित सबैले दरको आनन्द लिएका थिए ।

प्रतिक्रिया