तनहुँ समाज कतारद्धारा क्यान्सर पिडीतलाई आर्थिक सहयोग

इनेप्लिज २०७६ साउन ३० गते ११:२४ मा प्रकाशित

भोला थापा , दोहा – रोजगारीका शिलशिलामा कतार पुगेका तनङ्गेहरुको साझा जिल्ला सामाजिक सँस्था “तनहुँ सेवा समाज” कतारले आर्थिक सहयोग गरेको छ ।

क्यान्सर पिडीत तनहुँ जिल्ला बन्दिपुर गाउपालिका वडा न ५ थुम्का निवासी पुर्ण प्रसाद रेग्मीलाई समाजले एक लाख एघार हजार आठ सय बत्तिस रुपैया सहयोग गरेको समाजका कार्यसमिती सदस्य मिन राज वाग्लेले जानकारी दिएका छन ।

रेग्मीको प्याडक्रियाज (पेटको क्यान्सर)भई राजिब गान्धी अन्तर्रा्स्ट्रिय क्यान्सर अस्पताल दिल्लीमा हाल उपचार भैरहेको र उनको आर्थिक अबस्था निकै कमजोर भएको हुदाँ समाजले उनको स्वस्थ उपचारका लागी सहयोग स्वरुप एक लाख एघार हजार आठ सय बत्तिस रुपैया समाजका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद ढुङ्गनाले पिडीत रेग्मीकी श्रीमती अप्सरालाई घरमै पुगी हस्तान्तरण गरेको वाग्लेले जानकारी दिए ।

“सवाल र समृद्धी जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाव सबैमा तनहुँ सेवा साजको अभियान” बोलको मुल नाराका साथ कतारमा सन २००४ देखी सकृय रहदै आएको जिल्ला संस्था तनहुँ सेवा समजाले विगतमा समेत गृहजिल्ला भित्र विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया