उत्तम पौडेल , पोखरा
औषधि ब्यवसायी संघ कास्कीको अध्यक्षमा सगुन मेडिकल र अस्मानी फार्मेसिका प्रोपाइटर सञ्जीव देवकोटा क्षेत्रीले उमेदवारी दिएका छन । बिगत २ दशक देखि औषधि ब्यवसायमा संलग्न रहेर काम गरेका देवकोटा औषधि ब्यवसायमा स्वस्छ छबि भएका ब्यक्तिका रुपमा चिनिन्छन ।
ब्यवसायीको हक हितमा रहेर सधै अगाडी बढ्ने प्रतिबद्धता जनाएका देवकोटाले औषधि ब्यवसायी संघमा रहेर लामो समय काम गरेको अनुभव बताए । औषधि ब्यवसायमा रहेका थोक तथा खुद्रा ब्यवसायीको समस्या पहिचान गरेर त्यसको समाधान गर्न , ब्यवसायीहरुको हक हितको रक्षा गर्न तथा औषधि ब्यवसायलाई मर्यादित बनाएर अगाडी बढ्नका लागी आफ्नो भुमिका आवश्यक रहेका कारण आफुले अध्यक्ष पदमा उमेदवारी दिएको देवकोटाले बताए ।
अध्यक्ष हुनु मात्र आफ्नो उद्धेश्य नभएको भन्दै उनले समग्र कास्कीको औषधि ब्यवसायलाई मर्यादित र मजबुत बनाउन मेहनत गर्ने बताए । ब्यवसायीका चुनौति आफुले पहिचान गरिसकेको र अध्यक्ष भए सँगै चुनौतिको समाधानमा लाग्ने प्रतिबद्धता पनि उनले उमेदवारी घोषणामा नै उद्धघोष गरे ।
यहि श्रावण ३२ गते पोखरामा हुन लागेको औषधि ब्यवसायी संघको प्रथम अधिवेशनमा उनले अध्यक्ष पदका लागी उमेदवारी दिएका छन । कास्की भित्र करीब ५०० औषधि ब्यवसायी रहेका छन तर औषधि ब्यवसायी संघ कास्कीमा दर्ता भएका ३१२ ब्यवसायीले मात्र अधिवेशनमा सहभागिता जनाउने छन ।
प्रतिक्रिया