गत शनिबार बुढाबुढी घुम्न जाने बिचार आयो। घुम्न त जाने, तर कहाँ जाने? दिमागमा केहि फुरेन।
घुम्न जाने ठाउँहरूको खोजी सुरु भयो। त्यही त हो नि, बिना ‘प्लान’ कतै जाउँ भन्दा दिमागमा झट्टै फ़ुर्दैन। अनि सम्झें, धेरै बर्ष अगाडि संगसंगै काम गर्ने साथीले ‘आमिश गाउँ” (Amish Village) को कुरा गरेको थियो। जाने जाने भन्दा भन्दै त्यत्तिकै भा’थ्यो । झट्ट सम्झें- के चाहियो र, ‘प्लान’ बन्यो – “आमिश गाउँ’ जाने।
अमेरिकामा पेन्सिलभेनियाको लान्कास्टर भन्ने ठाउँमा पर्दो रहेछ ‘आमिश गाउँ” – वाशिंटन डी. सी. बाट करिब १३० माइल टाढा। यो दूरी अमेरिकाकोलागि त्यति टाढा मानिदैन। अनि गाडीमा तेल भरेर लाग्यौं – आमिश गाउँ तिर।
लान्कास्टर पुग्नु अगाडी खाना खाएर जाने विचार आयो। एकजना अनुभवी साथी (खेम भट्टचन) ले भन्नु भएको थियो कि “त्यो ठाउको वरीपरि रेस्टुराँ छैनन्, पुग्नु अघि खाना खाएर जानु होला।“ अनि गूगलमा खोज्न थाल्यौं – “नेपाली रेस्टुराँ”। नभन्दै ‘नमस्ते’ रेस्टुरा भेटियो नजिकै। एकजना भुटानी भाइले चलाएको रेस्टुराँ रैछ, खाना मिठो, नेपाली स्वादको – बिशेष गरि खसीको मासु गजबै बनाएछन। भान्से भाईलाई मुरी मुरी धन्यवाद दिदै हामी फेरी आफ्नो बाटो समायौं।
करिब २० मिनेटको बाटो काटे पछि ‘आमिश गाउँ’ – “Amish Village) पुग्यौं। अनि थुप्रै ‘टुरिस्ट’ हरुको भिडमा हामी पनि मिसियौं।
के हो ‘आमिश गाउँ” (Amish Village) ?
सोर्हौं शताब्दीमा युरोपमा सुधरिकरण तथा रुपान्तरणको लहर चलिरहेको थियो। यो रुपान्तरण धार्मिक रुपान्तरण पनि थियो। यहि रूपान्तरको फलस्वरुप जर्मनीमा ‘अनाबाप्टिस्ट’ lनामको धर्म मान्नेहरुमाथि अत्याचार सुरु भयो। बस्न गाह्रो भएपछि बाँच्नको लागि उनीहरु विभिन्न ठाउँहरुमा भाग्न थाले यसरी देश छोड्ने क्रममा केहि टोलीहरू अमेरिकामा आए। अनि छुट्टै बस्ती बसाई खेतिपाती गर्न थाले। यहि बस्ती नै “आमिश गाउँ’ (Amish Village) हो।
यो किन यो आमिश गाउँ ‘टुरिष्ट‘ कोलागि प्रशिद्ध ठाउँ भयो त?
यो समाज अत्यन्त रुदिबादी समाज हो र हत्तपत्त यिनीहरु परिबर्तन चाहदैनन। त्यसकारण उनीहरु सोह्रौं शताब्दीको यथास्थितिमा समाज रहेको देख्न चाहन्छन र सोह्रौं शताब्दी मै बाच्न चाहन्छन। यहि सोर्हौ शताब्दीको समाज हेर्न मान्छेहरुको भिड लाग्छ।
ति रुढीबादीका केहि छनकहरु मध्ये मलाई गज़ब केहि कुराहरु तल राखेको छु:
सुन्दा पनि अनौठो लागेन त? अत्याधुनिक किसिमबाट निकालेको बुजुली बाल्दैनन उनीहरु। उनीहरुको आफ्नै परम्परागत तरिका हुन्छ बत्ति बाल्ने पनि। जस्तै तेलको बत्ती, ग्यासको बत्ति र यस्तै अन्य अन्य। आजकाल सोलार पनि राख्न लागेका छन् र बिजुली पनि आफ्नै जेनेरेटरबाट उत्पादन गर्छन। तर बिजुलीको पोलबाट तार तानेर बत्ति बालेको देख्नु हुन्न, ति घरहरुमा।
यिनीहरु अमेरिकाको स्कूलहरुमा जाँदैनन्। यिनीहरुको आफ्नै स्कूल हुन्छ, त्यही उनीहरूको पठनपाठन हुन्छ। तर अनौठो कुरा के छ भने पढाउने शिक्षक १४ वर्ष काटेको नारी मात्र हुन पाउछ र अविवाहित हुनुपर्छ। विवाह गरेपछि शिक्षण पेशा गर्न पाइँदैन।
यस्ता धेरै अनौठा कुराहरु यो बस्तीमा देख्न पाइन्छ, जुन कुरा मैले बेली विस्तार लगाउन सक्दिन। तर कुराको निचोड के हो भने यिनीहरुलाई नयाँ नयाँ आविस्कारहरु मन पर्दैनन्। त्यसैले उनीहरुको सबभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो परिवार, आफ्नो धर्म र खेती किसानी हो। उनीहरु बाहिरको संसारबाट बिल्कुल अलग छन्। यिनीहरुलाई बाहिरी संसारमा के भइरहेछ भन्ने कुराको पत्तो हुदैन। अर्को अर्थमा यसैले बाहिरको मान्छेहरुसित घुलमिल नहुने, बोल्न हिचकिचावट गर्ने कुराहरु सजिलै अनुभव गर्न सकिन्छ।
तर मलाई अचम्म लागेको अर्को कुरा के हो भने सोह्रौं शताब्दीमा पनि उनीहरुको खेतीपाती गर्ने तरिका धेरै बिकसित रहेछ। त्यति बेला पनि लुगा धुने मेशिन, ग्यास चुलो, खेतिपातिका मेशिनहरु देख्दा आजको नेपाल भन्दा धेरै बिकशित रहेछ भन्ने लाग्यो। नेपालमा अहिले पनि त्यस्ता मेशिनहरु छैनन् जुन उहिहरुले सोह्रौं शताब्दीमा प्रयोग गरेका थीए। नेपालमा हामी अहिले पनि ढुंगे युगमा नै रहेछौं कि जस्तो भान भयो, मलाई त ।
मैले अहिले यहाँ थोरै सम्झेका कुराहरु मात्रै राखेको छु, जुन कुरा बसमा घुमाउने गाइडले भट्टाएकि थिईन।
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया