फ्रान्सको विशेष संरचना ‘आईफल धरहरा’

इनेप्लिज २०७६ साउन २९ गते २२:०८ मा प्रकाशित

पेरिस , साउन २९ । फ्रान्सको राजधानी पेरिसस्थित ‘आईफल धरहरा’ फ़्रान्सलाई चिनाउन विशेष स्मारक मानिन्छ ।

प्रतिष्ठित संरचनालाई फ्रान्सको उत्कृष्ट कलाकार र बौद्धिक डिज़ाइनरहरुले संयुक्त रुपमा ३० बर्ष अघि निर्माण गरे पनि निर्माण गर्न २ बर्ष लागाएका थिए ।

उक्त स्मारकको आधिकारिक वेव साईडका अनुसार बार्षिक करिब १ करोड पर्यटकहरुले विभिन्न राष्ट्रबाट धरहरा भ्रमण गर्न आउने जनाएको छ भने राजधानी पेरिस लाई मात्र घुम्न लगभग २५ करोड पर्यटकहरु हरेक बर्ष आउने जनाएको छ ।

‘आईफल धरहरा’ ले संसारकै सवै भन्दा विशिष्ट अग्लो स्मारकको उपाधि पाए पनि जस्को उचाई भने ३ सय मीटर मात्र रहेको छ ।

 

प्रतिक्रिया