क्यानेडियन नेवाः गुठीको ” सम्येबजी तथा परम्परागत नृत्य” कार्यक्रम अगस्ट २४ तारिख, शनिबारमा हुने

इनेप्लिज २०७६ साउन २९ गते १०:१२ मा प्रकाशित
टोरोन्टो, क्यानेडियन नेवाः गुठीले बर्षेनी संचालन गर्दै आएको  ” सम्येबजी तथा परम्परागत नृत्य” कार्यक्रम यस बर्ष शनिबार  अगस्ट २४ का दिन ब्राम्प्टन स्थित चिंगुकुजि पार्कमा  गरिने भएको छ। उक्त कार्यक्रममा नेवाः परम्परागत   नृत्य, गीत,बाद्यबादन,धिम्बा नृत्य,  नेवाः खेल, युबाहरुकोलागि मनोरन्जनात्म कार्यक्रम,नेवाः संकृति सम्बन्धि प्रश्नोत्तर लगायतका कार्यक्रम हुनेछ।  साथै सो कार्यक्रममा लाखे नृत्य, कुमारी, गणेश एबम सम्येबजि प्रदर्शन पनि  गरिने भएको छ ।
कार्यक्रममा   पौष्टीक तत्वले पूर्ण नेवाः सम्येबजीको रसस्वादनको गर्न पाउनुको  साथै संस्कृति सम्बन्धि जानकारी एबम स्थानिय , प्रान्तिय तथा संघिय राजनैतिक ब्यक्तित्वहरुको मन्तब्य  पनि हुनेछ । गुठीको स्थापना काल देखि  आयोजना गर्दै आएको सो सम्येबजी कार्यक्रम गत बर्ष झै यसपाली पनि ब्राम्प्टन नगरपालिकाको समन्वय तथा सहयोगमा हुने भएको छ।
 नेवाः सम्येबजीको रस स्वादन गर्दै संस्कॄति प्रबर्द्दनमा सहयोग गर्नु हुन गुठीले सम्पूर्ण महानुभाबहरुलाई हार्दिक  अनुरोध गरेको छ ।  स्थानिय समुदायको अनुरोध अनुसार गुठीले  सहभागिताको लागि अगस्ट १७ तारिख सम्म म्याद बढाएको र गुठीको वेब साईट http://www.canadiannewaguthi.org/new/ गई आफ्नो नाम दर्ता गर्न सकिने गुठीका महासचिब बिमल मान श्रेष्ठले जनाउनु भएको छ ।

प्रतिक्रिया