प्रलाद शाहको शब्द , हरि लम्सालको संगीतमा ” सयौ कारण ” सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७६ साउन २८ गते ११:०२ मा प्रकाशित

” मंगली ” , ” मेरी आमा “, ” परानै दिन्छु ” जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहले आफ्नो नयाँ गीत सयौ कारण सार्वजनिक गरेका छन् । नेपाली मौलिक तथा प्रयोगात्मक गीत लेख्न रुचाउने गीतकार शाहले यस पटक माया प्रेमको भाव बोकेको रोमान्टिक भर्सनको गीत सार्वजनिक गरेका हुन ।

हाल अमेरिकामा रहुनु भएका गीतकार शाहले विदेशमा बसेर पनि नेपाली गीत संगीतमा आफ्ना उत्कृस्ट सिर्जना मार्फत नेपाली संगीतमा योगदान पुर्याईराख्नु भएको छ । ” सयौ कारण ” बोलको यस गीतमा स्वर लोकप्रिय गायक रामकृष्ण ढकालको रहेको छ । गीतमा संगीत भर्ने काम चर्चित संगीतकार हरि लम्सालले गरेका हुन भने गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भैरहेको छ । फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया