आइतबार, कार्तिक ३ २०७६
काठमाडौं ०६:३८
वासिङटन डिसी 20:53

नासा आन्माको १५ औ संयुक्त सम्मेलनको तयारी बैठक सम्पन्न

इनेप्लिज २०७६ साउन २७ गते २३:५१ मा प्रकाशित

नासा आन्माको १५ औ संयुक्त सम्मेलनको तयारी बैठक हालै सम्पन्न भयो । सम्मेलन तयारी स्थलमा नै सम्पन्न बैठकमा केहि सदस्यहरु अनलाइनबाट पनि सहभागी भएका थिए । नासाका अध्यक्ष माधव ढकालले यस सम्मेलनलाई ऐतिहासिक बनाउन आफूहरु लागि परेको बताउदै सहयोग गर्न सबैलाई अनुरोध गर्नु भयो ।

आन्माका अध्यक्ष बलराम पन्थीले सबै संयोजकहरुको रिपोर्ट सुनेर आफू निकै उत्साही भएको बताउदै सम्मेलन उत्कृष्ठ हुनेमा आफू आशावादी रहेको बताउनु भयो । सम्मेलन सयोजक प्रशिम पौडेलले यस सम्मेलनलाई सफल बनाउन स्थानीय सहित सबै नेपालीहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छन् ।बैठकमा सबै संयोजकहरुले आफ्नो समितिको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यस सम्मेलनको आकर्षणको रुपमा रहेको गायन प्रतियोगिता,र गायिका इन्दिरा जोशीको प्रस्तुति रहने कन्सर्टलाई बिशेस बनाउन सभागीहरुले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए । २ दिने सम्मेलनमा बालबालिका,युवा,महिला,नेपाल ,धर्म सस्कृति ,योग ,एन आर एन ,साहित्य लगायतका बिषयहरुमा फोरमहरु संचालन गरिने बताइएको थियो ।

समेलनमा फुटबल,भलिबल,टेनिस लगाएतका खेलकुदहरु संचालन हुने र अन्तिम दिन बिशेष सास्कृतिक कार्क्रम हुने जनाइएको छ । यस पटक नेपालीहरुको बिशेष चाड तिज पनि परेकाले तिज बिशेष कार्यक्रम पनि समाबेस हुने जनाइएको छ । सम्मेलनको अन्तिम तयारीको लागि गरिएको बैठकमा नासाकाअध्यक्ष माधब ढकाल ,आन्माका अध्यक्ष बलराम पन्थी ,सम्मेलन संयोजक प्रशिम पौडेल ,सह संयोजकहरु आरपी पौडेल ,अम्बिका लोहनी ,बिनय अर्याल ,सम्मेलन सचिब कृष्ण श्रेष्ठ संयोजकहरु निर्मल पोडेल ,बिशाल भारती ,रोशन श्रेष्ठ ,रोशन भण्डारी ,कल्याण कोइराला ,रमा घिमिरे ,उर्मिला पन्थी, ममता झा ,डा मनोज झा सहयोगीहरु शिव बिष्ट ,दिपक रानाभाट ,प्रलाद शाह ,सुमन भट्टराई लगाएतको उपस्थिति रहेको थियो । बैठक पछि सबै सहभागीहरूले सम्मेलन कक्षको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया