कालोप्लेटले अनेक थरि कर तिर्नुपर्ने तर रातोप्लेटधारिले जे गर्दा पनि हुने ? (भिडियो)

इनेप्लिज २०७६ साउन २७ गते २१:०४ मा प्रकाशित

काठमाडौँ: उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारको निकम्मापनको कारण गैरकानुनी रुपमा ‘टुटल’ र ‘पठाओ’ संचालन हुनु दुर्भाग्यपूर्ण रहेको बताएको छ । समाजका महासचिव पूर्ण तामांगले बिदेशमा रहेर रगत पसिना बगाएर गरेको ट्याक्सी व्यवसायीको लगानीलाई सरकारले वेवास्ता गर्दा यही विषयलाई उठाएर ‘टुटल’ र ‘पठाओ’ विरुद्ध अदालतमा जाने तयारी रहेको जानकारी दिएका छन ।

तामांगले यो देशमा कालोप्लेटले अनेक थरि कर तिर्नुपर्ने तर रातोप्लेटधारिले जे गर्दा पनि हुने भन्दै श्रममन्त्रीले कानुनी र गैरकानुनी छुट्टाउन सक्नुपर्ने बताए। उनले ट्याक्सी व्यवसायीमा पुर्व सेना, पुर्व जनमुक्ति सेना, पुर्व प्रहरी लगायत रहेको हुनाले कानुनी रुपमा अगाडी बढ्दा पनि न्याय नपाए विद्रोहको बाटो रोज्ने चेतावनी समेत दिए। बिद्रोह गर्ने बाटो तर्फ सरकारले नै धकेलेको उनले आरोप लगाएका छन ।

यहि बिषयमा यातायात मन्त्रीलाई ज्ञापन पत्र बुझाउदा समेत ‘टुटल’ र ‘पठाओ’ लाई कारवाही गर्न सक्ने आँट कसैले नगरेको सामाजका लेखा समिति संयोजक बिष्णु चौहानले गुनासो गरे। समाजका लेखा समिति संयोजक विष्णु चौहानले टुटल र पठाओले गैरकानूनी तवरले निजी सवारीमार्फत सेवा दिइरहेको र सेवा शुल्कका नाममा मिटरमा उठ्ने भन्दा सय रुपैयाँ बढी शुल्क लिन थालेकोप्रति पनि आपत्ति जनाएका छन् ।

उनी भन्छन, ‘हामी पनि प्रबिधिमैत्री नै हौ तर अबैधानिक सेवालाई हामी मान्दैनौ। नेपालमा कर छलीको मुद्दामा परेको बंगलादेशी कम्पनीले गैरकानूनी रुपमा निजी सवारीमा यात्रु बोकिरहेको छ। अब ‘टुटल र पठाओ’ बन्द गर्न कानुनि प्रक्रिया अगाडी बढाउछौ ।’

समाजका बोर्ड कमिटिका संयोजक राजकुमार श्रेष्ठले प्रबिधिमैत्री बन्न ट्याक्सी व्यवसायीले ईजि एप्स मार्फत चालक र यात्रुको विमासहितको सेवा सुचारु गरिसकेको जानकारी दिएका छन। कानुनी र गैरकानुनी छुट्टाएर नेपाली जनताले ईजी एप्स प्रयोग गर्नेमा ढुक्क रहेको उनले दावी समेत गरे ।

ट्याक्सी व्यवसायीले टुटल र पठाओ जस्ता कम्पनीले विगतदेखि नै निजी सवारीमार्फत यात्रु बोकेको भन्दै त्यसलाई गैरकानूनी भन्दै आएका छन् । हालको यातायात व्यवस्था ऐनले कालो नम्बर प्लेटका सवारीले मात्रै यस्तो सेवा दिन पाउने भन्दै उनीहरुले गैरकानूनी सेवा बन्द गराउन सरकारसँग आग्रह गर्दै आएका छन ।

प्रतिक्रिया