लाइसेन्सको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

इनेप्लिज २०७६ साउन २७ गते ११:४७ मा प्रकाशित

ललितपुर, २७ साउन । लाइसेन्सको ट्रायल परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले संचालन गरेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षामा अर्काको नाममा ट्रायल दिने काठमाडौं डल्लु बस्ने सुर्खेत घर भएका १८ वर्षीय बिनोद शाहीलाई  प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत घर भई बस्ने २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल परीक्षा दिने क्रममा फेला पारी शाहीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया