समुन्द्रमा डुबेर कतारमा एक नेपालीको मृत्यु

इनेप्लिज २०७६ साउन २७ गते ८:४९ मा प्रकाशित

ईनेप्लिज दोहा– कतारमा गत आईताबारका दिन एक नेपालीको ज्यान गएको छ । कतारको सामुन्द्रीक किनारमा पौडी खेल्नेक्रममा धनकुटाका ललित लिम्बुको निधन भएको हो ।

लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा निकै सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक संघसंस्थामा पनि आवद्ध थिए।

उनको अकल्पनीय निधनले अहिले कतारवासी नेपाली स्तब्ध भएका छन्।

धनकुटा सेवा समाज कतारले उनको निधनको शोक बिज्ञप्ती समेत निकालेको छ ।

 

प्रतिक्रिया