सोमबार, मंसिर २ २०७६
काठमाडौं १७:०२
वासिङटन डिसी 06:17

बाल्टिमोर पशुपतिनाथ मन्दिरमा अगस्त १८ मा तीज मनाइने

विजय थापा २०७६ साउन २६ गते १९:३२ मा प्रकाशित

डिसी । मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित पशुपतिनाथ मन्दिरमा आगामी अगस्त १८ का दिन महिलाहरुको महान चाड तीज मनाउने भएका छन् । श्री गोविन्द पशुपतिनाथ मन्दिरको प्राङ्गणमा मनाइने उक्त तीज कार्यक्रम गत बर्ष पनि मनाइएको थियो ।

पशुपतिनाथ मन्दिर तथा मेरिल्याण्ड ग्लेन बर्नी आमा समूहको पहलमा तीज दर कार्यक्रम हुन् लागेको हो । महिला दिदीबहिनिहरुलाई तीजको दर निशुल्क खुवाईने छ ।

उक्त तीज दर कार्यक्रम पशुपतिनाथ मन्दिर कि संयोजक तथा वरिष्ठ सौन्दर्यविद कल्पना अधिकारीले उक्त दिन सबै महिला दिदिबहिनिहरुलाई समेत सहभागी हुन् अनुरोध गर्नु भएको छ ।

तीज दर कार्यक्रम कहिले ; अगस्त १८,२०१९
कुन दिन ; आईतवार

समय ; दिउसो ३ देखि साँझ ९ बजे सम्म

ठेगाना : 1616 desoto road,Baltimore ,MD 21230 

सम्पर्क : कल्पना अधिकारी ,४१०-४१२-६४३१

प्रतिक्रिया