आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:५९
वासिङटन डिसी 10:14

मेरिल्याण्डको मालिस प्रसाधनगृह (पार्लर) बाट देह ब्यापार गरेको आरोपमा महिला गिरफ्तार

इनेप्लिज २०७६ साउन २६ गते १४:०० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीको रकभिल शहरको एक मालिस केन्द्रकि संचालिकालाई प्रहरीले गिरफ्तार गरेको छ । उनले उक्त मालिस प्रसाधनगृह( मसाज पार्लर ) मा देह व्यापार गरेको उनि माथि आरोप लागेको छ ।

मेरिल्याण्ड मोन्टगोमेरी काउन्टी प्रहरीले मेरिल्याण्डको रकभिल स्थित उक्त मालिस केन्द्र बन्द गरि दिएको जनाएको छ । प्रहरीका अनुसार उक्त मालिस प्रसाधनगृहमा वेश्यावृति संचालन भएकोले बन्द गरेको हो ।

रोज स्पा नामक उक्त प्रसाधन गृह कि संचालिका एमिली झाङ्ग लरेन्स बिरुद्ध मानव अवैध व्यवसाय तथा देह व्यापारको आरोप लागेको छ । महिनौ देखिको बिशेष अनुसन्धान पश्च्यात १८ जना पुरुषहरु यौन क्रियाकलापमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ । उक्त पसलकि संचालिका ४० बर्ष भन्दा ज्यादा कारागार को सामना गर्नु पर्ने समाचार सिबिएस बाल्टिमोरले प्रकाशित गरेको छ ।

तस्बिर :सिबिएस बाल्टिमोर

प्रतिक्रिया