बाल्टिमोरका राभ सिटौलाको योद्धा भिडियो सार्वजनिक

विजय थापा २०७६ साउन २६ गते १२:५० मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका नव प्रतिभा तथा उदाउदा गायक राभ सिटौलाको योद्धा भिडियो सार्वजनिक भएको छ । उक्त श्रव्य दृश्य (संगीत भिडियो )गत जुलाई १९ ,२०१९ का दिन बुढा सुब्बा डिजिटल प्रा लि ले बजारमा ल्याएको हो ।

उक्त योद्धामा स्वयम गायक राभ सिटौला,सीमा बस्नेत,दिलिप श्रेष्ठ,समिर श्रेष्ठ,आन्या गायिका ,कोर्टनी लिन, सेलिना राजभण्डारी,लिना धेवाजु ,अनिल सिलवाल ,प्रेम खड्का ,अभिषेक प्रसाई तथा चार्ल्स जोन्समा अभिनय गरेका छन् ।

यसै गरि नृत्यमा कृषा कार्की ,ईश्वरी डाँगी ,रेजिना भण्डारी ,काश्वी भण्डारी ,अपेक्षा सिंह परियार ,रोशकी पौडेलको प्रस्तुति रहेको छ । साथै अतिरिक्त भूमिकामा ताकिता लि ,जुली फेनिक्स ,राजु ,अनु पराजुली ,ब्रायन गोइन्स ,ईलेना गोइन्स ,टोनी गोइन्स ,जोन रोगर्स को रहेको छ ।

शृंगारमा आन्या गायिकाको रहेको छ भने छायांकनमा बिनोद अधिकारी,प्रकाश चन्द्र पोख्रेल ,निकोलस फ़ेन्विक ,समिर श्रेष्ठ तथा दिलिप श्रेष्ठले गरेका छन् । उत्पादन व्यवस्थापक बिश्व किरण थापा को रहेको छ भने अवधारणा ,निर्देशन तथा सम्पादन राभ सिटौलाको रहेको छ ।

छायांकन बाल्टिमोरमा गरिएको हो ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया