भक्तपुरमा एउटै बसले तीन वटा बसलाई ठक्कर दियो, १६ जना घाइते

इनेप्लिज २०७६ साउन २६ गते १२:३८ मा प्रकाशित

भक्तपुर, २६ साउन । भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि चारवटा बस ठाेक्किएका छन् । एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिएको हो । ठक्करबाट १६ जना व्यक्ति घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको प्रहरीले  जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो ।

ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का दीपकराज ठकुरीलाई ठिमी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया