अमेरिकामा बिधुतिय सिढी(एलेभेटर) चढ्ने समेत हामीलाई ज्ञान किन छैन ? केही महत्वपूर्ण शिष्टचारहरु

इनेप्लिज २०७६ साउन २५ गते २:२१ मा प्रकाशित

डिसी । साच्चै भन्ने हो भने बिधुतिय सिढी या भर्यांग कसरी चढ्ने र कस्ता शिष्टाचारहरु अपनाउनु पर्छ भन्ने कुरा गर्ने हो भने हामी अधिकांशलाई यस सम्बन्धमा ज्ञान छैन भन्दा पनि हुन्छ । अमेरिकामा कार्यस्थलमा जाँदा अधिकांश कर्मचारी या कामदारहरु लिफ्ट(एलेभेटर) को प्रयोग गर्दछन ।

दैनिक यसको प्रयोग गर्नु पर्दछ । तर हामी चन्द्रमा गए पनि हाम्रो बानी सुध्रिदैन भने झैँ यो बिधुतिय सिढी अर्थात् उत्थापनयन्त्रमा कसरी पस्ने ,कसरी भित्र बस्ने,के के गर्नु हुन्छ ,कस्ता क्रियाकलाप गर्नु हुदैन ,महिला केटाकेटी आउँदा के गर्ने भन्ने बारेमा अधिकांशलाई ज्ञान छैन । स्पष्ट भन्नु पर्दा हामीलाई यस बारेमा कसैले पनि ज्ञान र शिक्षा दिएका छैनन् भन्दा केही फरक नपर्ला ।

हामी अमेरिकामा छौ । अझ पनि उत्थापनयन्त्रमा रोके पछि को पहिला बाहिर आउने या बाहिर प्रतिक्षा रहेका मानिस चढ्ने बिषय मै हामीमा भ्रम छ । हामी नेपालमा रत्न पार्कमा चाड पर्वमा सवारी साधन पातलो भएको अवस्थामा एउटा गाडी आउन साथ कुदेर गए झैँ यहाँ पनि गाडी छुट्छ झैँ गरेर बिधुतिय सिढीमा हतार हतार पस्न खोज्दछौ ।

अमेरिकामा यस्तो मन पराउदैनन । यसो गर्ने हुदै हैन । हामी महिलाहरु भन्दा पहिला बिधुतिय भर्यांगमा जान खोज्दछौ । यहाँ महिलालाई उत्थापनयन्त्र( एलेभेटर ) मा पहिला जान दिनु पर्छ । हामीले यो कुरा आजै देखि जानी राखौ ।

हामीले यस्ता शिष्टचारका कुराहरु जानेका छौ भने नजानेका लाई सिकाऔ । के के गर्नु पर्ने र के के गर्नु नपर्ने हुन्छ बिधुतिय सिढी भित्र चढे पछि ।

यस्ता छन् उत्थापनयन्त्र शिष्टाचारहरु : यदि तपाई पहिलो दोश्रो या तेश्रो तलामा काम गर्नु हुन्छ भने भरसक उत्थापनयन्त्र प्रयोग नगरेको राम्रो । यदि सिढीहरु सुविधाजनक छैन मात्र बिधुतिय भर्यांगको प्रयोग गर्ने ।

यदि तपाईलाई मुनि तलामा जानु छ भने अन्त्यमा उत्थापनयन्त्र प्रयोग गर्दा राम्रो । यदि महिला बालबालिकाहरु उभिई रहेका छन् र प्रतिक्षा गरि रहेका छन् भने पहिला उनीहरुलाई चढ्न दिनु पर्ने हुन्छ । यो एउटा शिष्टचार हो । पुरुषहरु हत्त न पत्त चढ्नु हुदैन । यदि बिधुतिय सिढी बाट मानिस आएका छन् भने पहिला उनीहरुलाई निस्कन दिनु पर्छ । अनि मात्र बाहिरबाट भित्र पस्ने मानिस चढ्नु पर्छ ।

यसको साथै चढ्नको लागि अगाडी देखि प्रतिक्षारत मानिसहरुलाई पहिला भित्र जानु पर्छ । नेपालको जस्तो हत्त न पत्त आफू छिर्नु हुदैन । उत्थापनयन्त्र(एलेभेटर)मा चढे पछि संचार उपकरण ( भ्रमण ध्वनि ,सेलफोन) प्रयोग गर्नु या कुराकानी गर्नु हुदैन । भिडमा झन् कुराकानी गर्ने चलन हुदैन । यसो गरेमा असभ्य ठानिन्छ ।

बिधुतिय भर्याङ्ग भित्र छिरे पछि झन् व्यक्तिगत वार्तालाप कहिले गर्नु हुदैन किनभने तपाईको आवाजले अन्यलाई अशान्ति हुन्छ । राम्रो मान्दैनन । बिधुतिय भर्याङ्ग चढेका मानिसले जहिले पनि ढोका तर्फ मुख फर्काउनु पर्छ । आफ्नी शरीर भित्तामा फर्काउने र कुनामा हेर्ने गर्नु हुदैन । ढोकामा नहेरेर भित्र या भिडमा हेरमा अरुलाई असहज र असजिलो हुने हुनाले जहिले पनि भित्र पसेको छ भने ढोकालाई निशान बनाउनु पर्छ ।

यदि उत्थापनयन्त्र भरिएको छैन र खाली ठाउँ भएमा कोही आउदै छन् भने दयालु भावले ढोका आगन्तुकको लागि समाती रहनु पर्छ । यदी कुन ठाउँमा र कति तलमा जाने हो यदि बिधुतिय भर्यांग संचालक छ भने जानिएन भने उसलाई सोधे पनि हुन्छ । कसैले सहयोग गरेमा उनीहरुलाई धन्यवाद दिन बिर्सन हुनु हुदैन ।

भित्र पुगे पछि लामो कुराकानी गर्ने ,महिलाहरुले सौन्दर्य हुन् ओठे लाली ( लिप स्टिक ) र चुईगम (च वर्णक) खाने र थुक्ने प्रयास गर्नु हुदैन । बिशेष गरि आफू भित्र छिर्ने छ भने पहिला अशक्त ( शारीरिक रुपले नसक्ने ) या पाङ्ग्रे कुर्सि ( व्हिल चेयर) वालालाई प्राथमिकता दिनु पर्छ । उनीहरुलाई पस्न दिनु पर्छ ।

अमेरिका आए पनि हामीले यस्ता कुराहरु जानेका छौ भने केही गर्नु पर्ने अवस्था रहेन । यस्ता कुराहरु मन परेमा र कसैलाई लाभदायक हुन्छ भने जानकारी दि औ । जीवन भर मानिसले सिक्ने हुनाले यसबाट सिकिने जस्तो लागेमा जानी राखौ ।

श्रोत : गुगल

प्रतिक्रिया