आइतबार, भदौ ८ २०७६
काठमाडौं १८:४३
वासिङटन डिसी 08:58

ब्रेकिड. न्यूजः भर्जिनियाको रेस्टुराँमा दुईको गोली हानी हत्या

यादवराज जोशी २०७६ साउन २३ गते २०:५४ मा प्रकाशित

भर्जिनिया राज्यको न्यूपोर्ट न्यूज सहरस्थित रेस्टुराँमा बिहीबार भएको गोलीबारीमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भर्जिनिया बीच नजिक रहेको न्यूपोर्ट न्यूज सहरको डुन्स रिभर जर्मकन एण्ड क्यारेबियन रेस्टुराँमा बिहीबार दिउसो १ः३० मा बदुकधारीले दुईजनाको हत्या गरेको बताईएको छ ।

घटना भएको स्थान राजधानी वासिड.टन डिसीबाट दुईसय माईल दक्षिणमा पर्छ । घटनामा सम्लग्न भएको आशंकामा एकजनालाई पक्राउ गरिएको छ । न्यूपोर्ट न्यूज सहरका प्रहरी प्रवक्ता बार्डोन मेनार्डका अनुसार, घटनाको अनुसन्धान भैरहेको छ ।

यसअघि मे ३१, २०१९ मा भर्जिनिया बीचमा एक बन्दुकधारीले अन्धधुन्ध गोली चलाउदाँ १२ जनाको ज्यान गएको थियो । बुधबार अपरान्ह भर्जिनियाको म्यालिनस्थित यूएसए टुडेको कार्यालयमा शंकास्पद बन्दुकधारी देखिएको थियो । प्रहरीले उक्त क्षेत्र खानतलासी गरेको थियो तर बन्दुकधारी समात्न सकेन ।

अमेरिकामा हालका दिनमा बन्दुकधारीबाट सर्वसाधारणको हत्या गर्ने क्रम बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जातिय द्वेश्य भडकाउने वक्यव्य दिने र ट्विट गर्ने गरेकोले हिंसा बढेको तर्क मानिसहरु विशेष गरी विपक्षी डेमोक्र्याटहरु गर्ने गर्दछन ।

गत साता अन्तमा टेक्सासको एल पासोमा गोरा अतिवादीको गोलीबाट २२ जनाको मृत्यु भएको थियो । यसैगरी, ओहायोको डेटन सहरमा भएको गोलीबारीमा नौजनाले ज्यान गुमाएका थिए ।

स्रोतः एजेन्सीहरु
तस्वीरः  गुगल खोज ।

प्रतिक्रिया