गुल्मी जिल्लाको पहिरो पिडित सहयोगार्थ जापानमा फ्री मार्केटको आयोजना गरिदै

इनेप्लिज २०७६ साउन २३ गते ११:०१ मा प्रकाशित


गत श्रावण महिनामा गुल्मी जिल्ला सत्यवती गाउँपालिकामा पहिरो गई दैविक बज्रपातबात पिडित घाईतेहरुको चोटमा मलमपट्टि साथै ज्यान गुमाउनेहरु पर्ति हार्दिक समबेदना सहित पिडितहरुको सहयोगार्थ ग्लोबल नेपाल नेटवर्कले टोकियोको सिन् कोईवा स्थित ठमेल हलमा फ्री मार्केटको आयोजना गर्ने भएको छ l अब आउने २०१९ अगस्त ११ तारेख आईतवार बिहान १० बजेदेखि अत्यन्त सस्तो मुल्यमा फ्री मार्केट शुरु गरिने उक्त कार्यक्रममा परिवार सहित सहभागि हुन संयोजक सुनिल कुमार शाक्यले सम्पूर्ण जापनबासिलाई अनुरोध गरेको छ l

उक्त फ्री मार्केटबाट संकलित सम्पूर्ण रकम गुल्मीको पहिरो पिडितहरुको लागि प्रदान गर्ने व्यहोराको जानकारी गाराईएको छ l उक्त फ्री मार्केटको लागि राम्रा राम्रा जापानी लुगाफाटाहरु ,बाल बालिकाका राम्रा राम्रा लुगाहरु तथा किताबहरु २ ट्रक भन्दा बढी सामानहरु जापानीहरुले उपलब्ध गराएको थियो l

उक्त कार्यक्रम ग्लोबल नेपाल नेटवर्कको आयोजनामा गुल्मेली समाज जापान र नेपाल मगर संघ जापानको सह-आयोजनामा हुन लागेको हो l

फ्री मार्केट हुने ठेगाना

ठमेल डाइनिंग:०८०-७९९०-८३०५

1-24-5 Shin-Koiwa,Kstusika-Ku, Tokyo,Japan.B1F, JR Sin-Koiwa Station, South Exit,Walk 2 mins.

〒124-0024 東京都葛飾区新小岩1丁目24−5

समय: बिहान १० बजे बाट २ बजे सम्म

जे आर सिन कोईवा ड़ोंकी खोते संगै

सम्पर्क: प्रेमलाल पाण्डे:०७०-३८३६-०२८८ ,सुरज पन्थ:०८०-६६५४-७७०९, सुमन भण्डारी ०८०-३२००-२०५०,रित राना ०८०-३०३९-६०९६

 

प्रतिक्रिया