आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:४२
वासिङटन डिसी 09:57

फूटबलले घुमायो जर्मनको बर्लिन सहर

इनेप्लिज २०७६ साउन २२ गते १२:०४ मा प्रकाशित

काठमाडौं, २२ साउन । फूटबलका माध्यमबाट संस्कृतिको संरक्षणसहित सशशक्तिकरणका लागि नेपाली महिलासहितको एउटा टोली जर्मनको बर्लिन सहर घुमेर फर्किएको छ ।

जमर्नी डिस्कोवरी फूटबल भन्ने संस्थाले महिलासहित ११ जनाको नेपाली टोलीलाई निम्तो गरेको थियो । बर्लिन सहरमा १० दिनको भ्रमण गरेर उक्त टोली फर्किएको छ ।

मर्सी कोर नेपालबाट सञ्चालित जेनेरेसन अंमेजिङ कार्यक्रमका युवाहरुको टिमले नेपालको प्रतिनिधित्व गरेको थियो । नेपालबाट सभागी महिलाहरुले फूटबल र शशक्तिकरणका क्षेत्रमा काम गर्दै आएका थिए ।

महोत्सव २०१० देखि बर्लिनमा यस प्रकारको प्रतियोगिता हुँदै आएको छ । यो आठौं संस्करण हो । करीव १०० फुटबल खेलाडी, प्रशिक्षक, रेफ्री र कार्यकर्ताहरू बर्लिनमा यस्ता कार्यक्रममा सहभागी हुँदै आएका छन् । कार्यक्रममा कार्यशालाहरू र प्रशिक्षण शत्रहरूको साथसाथै सार्वजनिक मैत्री खेलहरू, प्रदर्शनहरू, प्यानल छलफल र फोरमहरू, बाहिरी गतिविधिहरू, कन्सर्ट र फिल्महरू सामेल थिए ।

नेपाल लगायत सात देशबाट उक्त कार्यक्रममा सहभागी थिए । सो क्रममा जर्मनका लागि नेपाली राजादूतसँग नेपाली टोलीको भेट भएको थियो । कैलाली जिल्ला फूटबलकी मनिषाका अनुसार  फूटबलका सीपहरुका साथै नेपालको सामाजिक परिवेश संस्कृतिबारे पनि जानकारी पाइएको थियो ।

प्रतिक्रिया