काठमाडौं, २२ साउन । प्रतिबन्धित नेकपा विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई प्रहरीले बुधबार रुकुमबाट पक्राउ गरेको छ ।
केन्द्रीय सदस्य श्यामबहादुर बोहरासहित दुईजना अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ गरिएको प्रहरीले जनायो ।
प्रहरीले देशभर विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।
सोमबार मात्र पनि राजधानी काठमाडौंबाट तीन नेता पक्राउ गरिएको थियो ।
प्रतिक्रिया