बाहिक जग्गे र चितामा के फरक छ ?

डिग बहादुर तामांग, भेडापू, दोलखा २०७६ साउन २१ गते २१:१५ मा प्रकाशित

संसारभरका संक्रितिहरु र देशहरुमा प्रिय बस्तु हुन . बिभिन्न तरिकाले आफ्नु पितृ कार्य देवकार्य तथ् सामाजिक कार्यहरु सम्पन्न गर्ने चलन छ | हिन्दुहरुको र बुद्धिस्टहरुको झन्डै मिल्न सकिन्छ भाषा फरक होलान त्यो बिषय तिर नलागेर भन्नु पर्दा :

मानिसको जीवनमा जन्मेपछि दुइटा महत्वपूर्ण घटनाहरु आउछन  ती हुन बिबाह र मृत्यु | बिबाह भन्ने बित्तिकै रमाइलो गर्ने उत्सब  मनाउने घटना हो | रमाइलो कुलदेवता पनि रमाएको हुन्छ रे |राजनैतिक घटनाक्रमले हो वा समाएको खेल हो छुट्याउन गाह्रो परेको छ सायद विश्वको बातावरण तातिने क्रमले हामी मनुष्यहरुको पनि मथिलिंग तातेर हो  | रितिरिवाज संस्कार बिधिहरुले पनि फरक धार तिर डोराएको जस्तो लाग्न थाल्यो | पुर्बिय जगतमा ब्राह्मण कुलका बाजेहरुले चण्डी, रुद्री संस्कृतमा खरर पढ्ने भएपछि र आफ्नै बाबुले “अब तँ जजमान घरमा गएर कर्मकाण्ड चलाउन सक्ने ” मौखिक रुपले सिफारिस भएपछि  कुनै कन्याले दानदिन माथिल्लो गाउँ तल्लो गाउँतिर लगेर बिबाहको शुभ कार्यमा पुगेर दियो, कलस,पन्चामृत, जग्गे बनाएर´ मङ्गलम भगवान बिष्णु , मङ्गलम गरुडधोज मङ्गलम पुन्नेहरि कक्ष्ये, मंगालय तन्नो हरि | शाब्दिक अर्थ हो भगवान बिष्णुको मंगल होस् भगवानको मंगल त भैंइनैरहेको छ नि होइन र ? बेहुला बेहुलीको पो मंगल होस् भनेर खाममा दाम राखेर जन्ती घरगाउले हरु जम्मा हुन्छन ? बिबाहको सम्पूर्ण जिम्मा लिएका आफुले आफैलाई “स्वघोषित ” पण्डितले पनि अर्थ जानेको हुन्छ कि हुदैन ? ब्रत बसेर कपाल मुण्डन गरेर बल्ल आफ्नी छोरी कुटुम्बको गोडा धुएर पनि पिएर दिएको दानमा खुसि नभएर किन पण्डितको मंत्र सुन्नु ?

उत्सव र उत्साह बिबाहमा हुन्छ |

आधुनिक जगतमा विज्ञहरुको अनुसन्धानले अनुहार किताबको आविस्कारले भूमण्डल लाईनै खुम्च्यार साँगुरो बनाए पछि लक्का जोवन वा जवानी छोरा छोरी घरमा छन् भने बाबु र आमालाई चिन्त बढी हुन्छ | उदाहरण लिउ रसुवाको धुन्चेको चौरीगोठमा गोठालोको अनुहार किताबमा गिन्स्बर्ग न्युजील्याण्डकि केटीसंग मायाँ प्रिती बस्यो भने के होला ? बिबाह गरेपछि मात्रै नवबिबाहित जोडीले गोप्य कोठामा गर्ने सम्बादहरु र बिबाह पछि मात्रै देखिने देखाउने अमुल्य मायाका गहिरो चिजहरु बस्तुहरु बिबाह भन्दै पहिलेनै हेरेपछि परिस्थिती के होला ? त्यसकारण पहिले बिबाह गरेपछि एक बर्षसम्म लाजले अरुको अघिल्लो तिर घोसे मुन्टो लाएर हिड्ने जोडीहरु स्वागारात नै नमानी घुम्न हिँडछन् |

हामी साठी कटिसकेकाहरुलाई अनुमान लगाउन गाह्रो होला ? प्राचीन समयमा बिबाह महिला र पुरुषको बिचमा हुन्थ्यो जो प्रकृतीको नियम पनि हो मानिसलाई स्वतन्त्र दिएपछि मुर्ख बन्छ रे भनेर हिटलरले भन्थ्यो रे अहिले के जातीको बिरोध गरे जेल जानु पर्ने जमानामा के कुरा गर्नु |

त्यस्तै एउटा तामांगको युबक र युवतीको बिबाहामा जन्ती भएर गए न जन्तीलाई स्वागत गर्न कन्या पट्टिका मानिसहरु आए बल्लबल्ल एउटा ठुलो रिम्पोचे जस्तो देखिने बाहिर निस्केर बुम्बको पानीछर्के पछि बेहुलालाई लिएर रिह्मथिम साथमा लिएर भित्र पस्यौं | त्यहा सबै घोलोङ्ग (भिक्षु ) जस्तो देखिने पाँचजना लामाहरुले मरेको मानिसको घेवा गरेजस्तो गरि झाम्टा, ढ्यांग्रो, घन्टी, शंख बजाएर “टाशी मन्त्र पानी होइन” बार्दो मन्त्र मरेको मानिसको काजक्रिय गरेजस्तो गरेपछि अरुलाई के संदेश जाला ? यो सोच्ने बिषय बनेको छ तामांग समाजमा | तर नेपालका तामांग लामाहरुले भने बुजेर वा नबुजेर बिबाहमा टाशी मंत्र पाठ गरेर  आशिर्बाद दिने मंत्र पाठ गरेर बिबाह कार्य सम्पन्न गर्नु पर्नेमा मृत्यु संस्कारमा पाठ गर्ने सबैपुस्तक पढेर पितृकार्य बजाउनु पर्ने बाजाहरु बजाएको पायो यदि बुज्ने मानिसहरुले देख्यो र सुन्यो भने अस्चार्य मान्लन है | काँही नभएको जात्र हाँडीगाउँमा भन्लान है |

मृत्यु आँसुले पोखरी बनाउछन

मृत्यु सबै संस्कृतिका मानिसहरुका लागि सर्वव्यापी हुन्छ यद्यपि तिनीहरूको धार्मिक र सांस्कृतिक परम्परा र विश्वासको आधारमा तिनीहरूको मृत्यु विधी धेरै फरक हुन सक्छ। शोक साधारण अर्थमा कसैको मृत्युको लागि शोक र पिडा हो। यो शब्द नै डरलाग्दो छ व्यवहारको सांस्कृतिक जटिललाई वर्णन गर्न पनि प्रयोग गरिन्छ जस्मा शोक सन्तप्त सहभागी हुन्छन् वा सहभागी हुने आशा गरिन्छ। मृत्यु व्यक्तिको सवलाई जदिसक्दो चांडो जलाएर सेस पार्नुपर्छ भन्ने चलन छ | एक मृत शरिरमा रोगका किटानुहरु अरुलाई सर्ने सम्भावना बढी हुन्छ र दोस्रो मृतकको मुर्दा रहुन्जेल मृतात्माले शान्ति पाउदैन भन्ने चलन छ मानिसको मृत्यु कहिले पनि सुखले हुँदैन दुखले नै हुन्छ | एउटा व्यक्तिको लास कुनै पार्कमा भेटियो गाउँघरमा भने प्रहरीलाई खबरगरेर सनाखत गरिन्थ्यो होला |घटना अलास्काको हो बल्लबल्ल समाजका नाइकेले हारगुहार गरेर पचास हजार डलर बटुलेर आफन्तको स्वीकृति लिएर मुर्दाघर देखि मसानघरमा बाकसमा राखेर ल्यायो | एउटा कुनामा बाकसभित्र लास थियो दाहिनेपट्टि तोर्मोहरु (सोल्मो) रंगीबिरंगी सजिएको थियो अलिक अघिल्लो तिर पाँचजना लामाहरु बस्न आसन बनाएको थियो अघिल्लो टेबुलमा ढ्यांग्रो, झम्ट, घन्टी केहि पुस्तकहरु राखेको थिए | लासको खुट्टाको मुन्तिर म्हार्में दियो १०८ घिऊ हालेर सजाएको थियो || त्यो लासलाई ल्याउने हरुलाई एउटी चेलीले खादा ले स्वागत गर्दै अंगालो हालेर धन्यवाद दिदै हाँसेर बोलि राखेकी देखिन्थ्यो अब प्रश्न उठ्न सक्छ के त्यहा खुसी थियो दुखको मानिस मरेको ठाउँमा दुखी नै बन्छ सबै मलामीहरु | त्यहा भित्ता पनि रुएको हुन्छ कोठापनि शोकमा डुबेको भानहुने ठाउँमा खादालगाएर अंगालो हालेर खुसि मानिरहेको दृश्य मुर्दाले भित्रि आँखाले देखेको होला रे खासखुस कुरागरेको सुनियो, ” लौ सबैजना कर्मक्पा १६ वौं कर्मक्पा अवतारी सवारी हुदैछ सबैजनाभएर भित्र सवारी चलाउनु पर्छ ” मुर्दाघरको गोरेहरु कालो सुट सेतो टाई  जुत्ता लाएर सजिएको थिए |यताका तामांगहरु भने तामांग पहिरनमा मलामी भएर जम्मा भएको थियो | मुर्दघरको बाहिर कुनै देशको राजाको सवारीमा स्वागत गर्न बसेको हो जस्तो गरि दुबैतिर लाम लागेर हातमा खादा बोकेर बस्यौं भित्र मुर्दालाई रुङ्ग्ने कोहि पनि नबसी हलनै खाली गरेर सबजना बाकसभित्रको मुर्दा बाहेक१६ वौं अवतारी कर्मप आइपुग्यो  | पंक्तिमा बसेकाहरु झुकेर खादा टक्राए अवातारिले पुन त्यो खादा जजस्ले दियो उनैको घाँटीमा ओढाई दियो आउने मलामीहरु आफुले चीर्न्जीबी पाएको महसुस गरी अवतारिको पछि लास भएको ठाउंतिर लागे | अवतारी विराजमान भयो हातमा घन्टी र बज्र समात्यो ” उर्गेन हुल्गी न्हुम्ज्य छ्यांग पेमा गासेर दोंग्पोला ” टिलिंग टिलिंग, ढुंग ढुंग ढ्यांग्रो बज्यो लामा नाच्यो मरेको मान्छेको नलीखुट्टाको हाड बजाएर | तर कसैले केहि बुजेन भनेर निस्के | होइन दाई किन यसरी अवतारीलाई सम्मान कार्यक्रम राखेको मसानघरमा We never saw people are so happy when they are mourning, first time I have seen but I did not like it.

डिग बहादुर तामांग

प्रतिक्रिया