चर्चित गायिका स्मिता घिमिरेको ‘रुझेको तीम्रो तन’ सार्वजनिक [भिडियो ]

इनेप्लिज २०७६ साउन २१ गते ११:२६ मा प्रकाशित

 

गायिका स्मीता घिमिरेको ‘रुझेको तीम्रो तन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आधुनिक जनरामा बनेको गीतमा  स्मीतासँगै साजको पनि  स्वर सुन्न सकिन्छ ।स्मीता घिमिरेकै शब्द तथा संगीत रहेको यस गीतमा  भिडियो ओएसआर डिजिटलको युट्यूवबाट आइतबार  सार्वजनिक गरिएको हो । अहिलेका ब्यस्त मोडल तथा पत्रकार विकाश लामिछाने र अञ्जु चौलागाईंलाई फिचरिङ छ।

भिडियोको निर्देशन मोहन अधिकारीले गरेका हुन।अमृत सुनुवारले छायांकन गरेको यस भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन।   गायिका घिमिरेको यस अघि धेरै पप तथा आधुनिक र राष्ट्रियगीतहरुको साथै नेपाली भजनहरु पनि बजारमा आइसकेका छ्न । केहि समय अघि मात्र उनको‘सारेगमप लिटिल च्याम्प’मा चौथो भएका आयुष के.सी. संगको गीत ”आमा” बोलको गीत दर्शकले अत्याधिक मन पराएका थिए।

प्रतिक्रिया