डुम्रेकुना,मकवानपुर– मकवानपुर गढी गाउपालिका ६ डुम्रेकुनामा भुकम्पले क्षतिग्रस्त गरिएको भवन जापानको रिण सहयोगमा निर्माण गरीएको थियो । उक्त भवन समय सिमा अगाडी नै निर्माण गरी जाल्पादेबी माध्यमिक बिधालय स्कुलको ब्यबस्थापक समितिलाई हस्तान्तरण गरिएको समाचार प्राप्त भएको छ ।
उक्त कार्यक्रममा स्कुल ब्यबस्थापन समितिको अध्यक्ष नर बहादुर स्याङतानको सभापतित्वमा, प्रदेश नंम्बर -३को क्षेत्र नं २ का संसद कुमारी मोक्तानको प्रमुख आतिथ्य , मकवानपुर गढी गाउपालिका को अध्यक्ष बिदुर हुमगाई को विशिष्ट आतिथ्य , मकवानपुर गाउपालिका ६ नम्बरका वडा अध्यक्ष टीका दाहाल विशिष्ट अतिथी ,५ नम्बरका वडाध्यक्ष जित बहादुर घिमीरे लगाएत त्यसै गरी ,विभिन्न सामाजिक तथा ब्यबशायिक क्षेत्रमा आबद्ध हुनुभएका लाई क्रमश अतिथि आसनमा निमन्त्रणा गरिएको थियो ।
उक्त स्कुल हस्तान्तरण समारोहमा वडापालिकाध्यक्ष टीका दाहालले स्कुल हामी सबैको साझा सम्पती भएको हुदा ,जनता आफैले संरक्षण र प्रबर्धन गरीनु पर्ने बताएका थिय । यस जाल्पादेबी माध्यमिक बिधालयलाई अझ प्रगतिको मार्गमा शिक्षा क्षेत्रको बिस्तार गरीनु पर्ने एबं शिक्षा क्षेत्रमा आफुले निरन्तर सकेको सहयोग गाउपालिका र संघिय सरकार मार्फत गरीने बताउनु भयो ।
गाउपालिका अध्यक्ष बिदुर हुमगाईले स्थानिय सरकार गढी गाउपालिका भित्र जनताको आधारभुत आबश्यकता शिक्षा, स्वास्थ , रोजगार र गाँस ,बास ,कपासमा ध्यान दिई रहेको हुदा हामी सचेत हुँदै जनताको निम्ति निरन्तर काम गर्दै आईरहेको बताउनु भएको थियो ।
जाल्पादेबी माध्यमिक बिधालय प्राबिधिक क्लास संचालन गर्न लागेको हुदा कृषि क्षेत्रलाई फोकस गर्न स्कुल संचालकलाई निर्देशन गर्नु भयो । निरन्तर लामो समयको अध्यन पश्चायत अन्तमा बिधार्थी सर्टिफिकेट दराजको एउटा कुनामा थन्कायर अर्काको मुलुकमा दासी अर्थात अर्काको दासी बन्ने शिक्षा अब काम छैन बताउनु भएको थियो , जोखिमपुर्ण बस्तीको निम्ति ड्याम निर्माण र डुम्रेकुनाबाट कान्तिलोक पथमा जोडिने बाटो तथा पुल निर्माणको क्रम अब तिब्र रुपले निर्माण हुने बताउनु भयो। प्रमुख अतिथी संसद कुमारी मोक्तानले तपाईहरुले जितायर मलाई पठाउनु भयो ।
यहाँ आज यस गरीमामय समयमा तपाईहरुको माझमा उपस्थित हुन पाउँदा गौरावन्तित महशुस गरीरहेको बताउनु भएको थियो । जितायर पठाए कता बेपता हरायो भनेर नसोचिदिन आग्रह गर्दै जनतालाई तपाईहरु ढुक्क रहनुस म तपाईहरुको साथमा नै रहेको बताउनु भयो । एकात्मक राज्य प्रणालीलाई ध्वंस गरि जनता आफैले शासन गर्ने ठाउमा हामी पुगे सकेको र त्यस ठाउमा पुग्दा कानुन देखि नीति तथा निर्देशन शासन गर्ने शैली र जनताहरुको प्रत्यक्ष सहभागी मुलक: कानुन निर्माण गर्ने ठाउमा बिबिध कारणबश हाम्रो ध्यान केन्द्रीत भयो ।
हामिले एकात्मक शासन ब्यबस्थालाई हटाएर जनता आफैले शासन गर्ने ब्यबस्था ल्यायौं । जटिल समस्या कानुन निर्माण गर्ने समस्या हुन भनी बताएका थिय । जनताको चाहाना छिटै देख्ने गरि बिकास होस भन्ने मैले बुझेको छु । दैनिक समस्या संग तपाईहरु संग सगै मैले पनि झेली रहेको छु । जनताको अपेक्षा र चाहानाहरु स्थानिय सरकार र प्रदेश सरकारले ब्यबस्थापन गर्ने मार्गमा हामि अहोरात्र खटीरहेका छौ , यहाको जनता संङ्ग गरेको बाचा किमार्थ भुलेको छैन उहाले भन्नू भयो।
गाउपालिका र वडापालिकाको जनप्रतिनिधिहरु संग यस क्षेत्रको समस्याको बारेमा निरन्तर छलफल भै रहेको बताउदै निर्बाचनको बेलामा जनता सामु गरेको बाचा पनि स्मरण गर्दै सामरी पुल देखि डुम्रेकुना सम्म शहिदमार्ग निर्माण गरिएको र उक्त सडक मार्ग बासुदेब सडक मार्ग रहेको बताउनु भएको थियो । जग्गाको स्वामित्वमा जनता आफै हुनु पर्ने शिक्षा ,स्वास्थ र रोजगार बाचा हो । संघिय सरकार संग मैले प्रत्यक्ष भुमिका खेली रहेको बताउनु भयो ।
र अन्त्यमा उक्त कार्यक्रममा प्रमुख अतिथी र विशिष्ट अतिथीको हातबाट भवन निर्माण गर्दा तोकिएको समय सिमा भन्दा ६ महिना अगावै हस्तान्तरण गरिएको खानी निर्माण सेवा जेबि कन्ट्र्क्सन कम्पनिमा अहोरात्र खटीएका विभिन्न ओहदामा इन्जिनियर तथा साइड इन्जिनियरलाई धन्यबाद दिदै, स्कुल ब्यबस्थापन समितिले प्रशंसा पत्र प्रदान गरिएको थियो र साथमा विशिष्ट तथा प्रमुख अतिथिलाई मायाको चिनो स्वरुप सम्मान पत्र स्कुल ब्यबस्थापन तथा संचालक समितीले प्रदान गरिएको थियो र अन्तमा सभापती नरबहादुर स्याङतानले स्कुल ब्यबस्थापन समितीले मात्रै यस स्कुलमा ब्यबस्थापन गर्न कठिनाई हुने स्फुर्त रुपमा स्थानिय जनताले स्कुलको संरक्षण गर्न अपिल गर्नु भयो ।
यस जाल्पादेबी माध्यमिक बिधालयमा प्राबिधिक शिक्षा अध्यापन गराउने, हाम्रो मुख्य भुमिका रहेको हुदा बिबिध आबश्यक सामग्रीको निम्ति स्थानिय सरकार र केन्द्रीय सरकारलाई सहयोग गरीदिन विशेष जोड दिनु भएको थियो भने भवनाथ गौतले कार्यक्रम संचालन गरिएको थियो ।
प्रतिक्रिया