आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:०९
वासिङटन डिसी 09:24

फुटसलको उपाधि प्रगति बोर्डिङ स्कुललाई

इनेप्लिज २०७६ साउन २० गते ११:०३ मा प्रकाशित

काठमाडौं, साउन २० गते । अर्गानाईजेशन अफ प्राइभेट स्कुल (ओप्स) आयोजना र नर्थ प्वाइन्ट एकेडेमी तारकेश्वर–१० को संयोजनमा तीन दिनसम्म सञ्चालित फुटसल प्रतियोगिताको उपाधि प्रगति बोर्डिङ स्कुलले हात पारेको छ । दोस्रो ओप्स अन्तर विद्यालयस्तरीय प्रतियोगितामा ज्ञानमन्दिर हाई स्कुलले द्वितीय, सामाखुसी बोर्डिङ स्कुलले तृतीय र गिनिज पब्लिक स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।
विजयी खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको जानकारी नर्थ प्वाइन्ट एकेडेमीका संस्थापक प्रिन्सिपल जीवनकला सुब्बाले दिनुभयो । ओप्स आबद्ध १८ स्कुलको सहभागिता रहेको प्रतियोगितामा सामाखुसी बोर्डिङ स्कुलका दिवस गुरुङले वेष्ट किपर, प्रगति स्कुलका विजय पौडेलले हाई स्कोलर र गिनिज पब्लिक स्कुलका सुदिप राईलाई मस्ट भ्यालुएवल प्लेयरको उपाधि प्राप्त गर्नुभयो ।
प्रतियोगिताको समापनमा प्याब्सन प्रदेश नं ३ का अध्यक्ष एवम् ग्रिनल्याण्ड स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले कुनै पनि प्रतियोगिता सञ्चालनमा नयाँ प्रतिभा पहिचान हुने भएकाले हरेक विद्यालयले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै, ओप्सका अध्यक्ष एवं हिमरश्मी हाई स्कुलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले ओप्सको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया