गुल्मी थोर्गाको गुँड ! कसरी बनाइन्छ यस्तो मिठो गुँड

इनेप्लिज २०७६ साउन १९ गते २:१७ मा प्रकाशित

गुल्मीको थोर्गामा उत्पादन हुने गुँडको बारेमा रिढिमा पुगेपछि थाहा पाइयो ।

पत्रपत्रीकामा गुल्मीको थोर्गामा पछिल्लो समय उखु किसानले मनग्य आम्दानी गर्दै आएका पढेपछि गुल्मीको गुँड कस्तो हुन्छ थाहा थिएन तर केहि समय पहिला गुल्मीको रिढिमा पुग्दा हरेक पसले देखिने गुँडका पोका र किन्ने हरुको भिड देखेपछि लाग्यो स्थानिय उत्पादनलाई ब्राण्डीङ गर्ने हो भने निकै सम्भावना रहेको छ ।
रिढिको एक पसलमा एकजा आमासंग मैले कुराकानी गरेँ गुँडको ब्यापार कस्तो छ, कहाँबाट ल्याउनुहुन्छ । केहि मिसाउने गरेको छ कि छैन भनेर । कति समय सम्म गुँड खान मिल्छ । गुल्मीको चिनो मात्र होइन गुँडले स्वास्थ्यलाई पनि निकै राम्रो गर्दो रहेछ । गुल्मीको थोर्गामा बन्नु यो गुँँडलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा पुर्याउन सक्ने हो भने कस्तो हुन्थ्यो होला ।

मनमनै कुरा खेल्न थालेको छ । हामीसंग थुप्रै सम्भावना छन् तिनलाई हामीले व्यवसायीक अझै बनाउन सकेका छैनौ ।

 

प्रतिक्रिया